दमक / वेलायतलाई कर्मथलो बनाएर बस्दै आएकी गीतकार शान्ता केरुङ्गको किरात लिम्बु जातिको संस्कृतिमूलक गीत ‘नु मुइङ केसाम’ भिडियो सार्वजनिक गरिएको छ ।
किरात लिम्बु जातिको विवाह संस्कारलाई चित्रण गरिएको भिडियो लिम्बु कल्चरल यूनाइटी अफिसियल यूट्यूव च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
गायक गायिकाहरु दिलिप फुरुम्बो, जेपी नेम्बाङ, शान्ता केरुङ, रिता फोम्बो ठुली र पुनम सम्बाहाङफेको आवाज रहेको गीतमा गायक दिलिप फुरुम्बोकै संगीत रहेको छ ।
दिलिप फुरुम्बोको निर्देशनमा र शान्ता केरुङको निर्माणमा बनेको भिडियोमा दिप केरुङ र संगीता लावतीले अभिनय गरेका छन् ।
चन्दु गोर्खालीको संगीत संयोजन रहेको भिडियोलाई तिलक रिजालले छायाङकन गरेका हुन् । सुबास लिम्बुको ड्रोन, कृष्ण सुबेदीको सृङगार रहेको भिडियोलाई बिरेन्द्र भाटले सम्पादन गरेका हुन् ।
विशेषत किरात लिम्बु जातिको कला, संस्कृतिमा रमाईरहने गीतकार केरुङ्गले आफनो धर्म, कला, संस्कृतिसंगै नजिक रहेर सृजना गर्दै आईरहेकी छन् ।
भिडियो हेर्नुहोस…