बिहिबार साँझ थप ३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४५७ पुग्यो - Mangsebung News
  • शुक्रबार, बैशाख २१, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

बिहिबार साँझ थप ३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४५७ पुग्यो


काठमाडौं / नेपालमा बिहिबार सांझ थप ३ जनामा कोरोना भाइरस(कोभिड–१९) संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ४ सय ५७ पगेको छ ।

स्वास्थ्य मन्त्रालयले भेरी अस्पताल नेपालगञ्ज र प्रादेशीक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा थप ३ जनामा कोरोना भाइरस(कोभिड–१९) संक्रमण पुष्टि भएकोे जनाएको छ ।

बाँके नरैनापुर–३ का ३२ वर्षीय पुरुष, बाँकेकै खजुरा–३ की ४२ वर्षीय महिला र कपिलवस्तुको शुद्धोधन गाउँपालिकका १९ वर्षीय पुरुषमा कोरोना भाइरस पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

नेपालमा कोरोना भाइरसका कारण ३ जनाको मृत्यु भएको छ भने, ४९ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

सम्बन्धित खवर