छेपारो तस्कर दुई नेपाली भारतमा पक्राउ - Mangsebung News
  • बिहिबार, बैशाख २७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

छेपारो तस्कर दुई नेपाली भारतमा पक्राउ


भदौ १४, २०७६ भद्रपुर छेपारोको तस्करी गरेको आरोपमा दुईजना नेपालीलाई भारतको पश्चिम बंगालमा पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा जिल्लाबासी मोहनलाल क्षेत्री र ठाकुरप्रसाद गौतम रहेको भारतीय प्रहरीले जनाएको छ ।

नेपाल (भारत सीमानास्थित सशस्त्र प्रहरी बल ४१ औँ बटालियन (एसएसबी) को टोलीले नेपाली दुई नागरिकलाई टोक्यो जेको (छेपारो प्रजातिको जीव) सहित पक्राउ गरेको हो ।

पश्चिम बंगालको दार्जिलिङ जिल्ला स्थित नक्सलबारी हुँदै पानी ट्यांकीबाट काँकडभिट्टातर्फ आइरहेका उनीहरूलाई गोप्य सूचनाको आधारमा एसएसबीले पक्राउ गरिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

पक्राउ परेका दुवै नेपाली नागरिकलाई आवश्यक अनुसन्धानका लागि एसएसबीले नक्सलबारीको रथ खोला वन विभागलाई बुझाइसकेको जनाएको छ । उनीहरूले टोक्यो जेको कहाँबाट कुन प्रयोजनका लागि ल्याएको हो भन्ने विषयमा केही खुलाएका छैनन् ।

टोक्यो जेको उनीहरूले नेपाल लैजान खोजको एसएबसीले आशंका गरेको छ । टोक्यो जेकोलाई घरेलु औषधिका रूपमा एड्स, क्यान्सर, दमजस्ता जटिल रोग निको पार्नेमा प्रयोग गर्ने गरेको चिकित्सकको भनाइ छ ।

सम्बन्धित खवर