सर्लाहीबाट काठमाण्डौ जाँदै गरेको यात्रु बस त्रिशुलीमा खस्यो - Mangsebung News
  • शनिबार, साउन १२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

सर्लाहीबाट काठमाण्डौ जाँदै गरेको यात्रु बस त्रिशुलीमा खस्यो

 

धादिङः धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं ३ सलाङघाट खण्डको त्रिशुली नदीमा बस खस्दा तीन जनाको मृत्यु भएको छ । प्रहरीको जानकारी अनुसार सर्लाहीको मलङ्गाबाट काठमाडौँ तर्फ जाँदै गरेको ना ६ ख ७४६९ नम्बरको यात्रुबाहक बस शुक्रबार बिहान साढे तीन बजेको समयमा त्रिशुली नदीमा खसेकोे छ ।

बसमा कति यात्रु थिए भन्ने यकिन हुन सकेको छैन । अहिलेसम्म १० जनाको उद्धार गरिएको घटनास्थलमा रहेका प्रहरी उपरीक्षक राजकुमार बैदवारले जानकारी दिए। नेपाली सेना, शसस्त्र प्रहरीको टोली उद्धारमा खटिएका छन्। अफ्ठ्यारो ठाउँ र अध्याँरो भएका कारण उद्धारमा कठिनाई भएको प्रहरीले जानकारी दिए। बसको आधा भाग पानीमा डुबेको छ । थप विवरण आउन बाँकी छ।

सम्बन्धित खवर