चलचित्र घरजमको टिजर सार्वजानिक - Mangsebung News
  • बिहिबार, बैशाख १३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

चलचित्र घरजमको टिजर सार्वजानिक

हङकङ, १२ अगष्ट । मौसम ईम्बुङ लिम्बुको निर्देशन रहेको चलचित्र ‘घरजम’ को टिजर र पोष्टर हङकङबाट सार्वजानिक भएको छ । निर्माताद्वय किशोर पंधाक र इत्छिङ्सा तुम्बापो पंधाक, निर्देशक इम्बुङ, कलाकार हेमराज अन्छङ्बोको उपस्थिति रहेको जानकारी सभामार्फत चलचित्रको टिजर र पोष्टर सार्वजानिक भएको हो ।
निर्देशक इम्बुङले कार्यक्रममा चलचित्रबारे बोल्दै हङकङबाटै सोच बढेको, लगानी पनि हङकङबाटै भएको घरजमलाई हङकङबाटै टिजर र पोष्टर सार्वजानिक गर्न पाउनु खुशीको कुरो बताएका थिए । निर्माता किशोर पंधाकले नेपाली समाजको सामाजिक, सांस्कृतिक पक्षलाई समेटर चलचित्र बनाइएको जनाएको थिए ।
नेपालको बुर्वेली जनजीवन समेटेर निर्माण भएको चलचित्रमा उपेन्द्र सुब्बाको कथा संग्रह ‘लाटो पहाड’ को कथावस्तुका केही अंशलाई समेटेर निर्माण सुरु गरिएको चलचित्र ‘घरजम’ पाँचथरको याङ्वरक र उपत्याकाको ललितपुरमा छायांकन भएको हो ।

कलाकारहरु सिर्जना सुब्बा, बुद्धि तामाङ, यासेली योङहाङ, शैलेन्द्र थेबे, कुशल थलङ, सुष्मा लिम्बू, किशोर पंधाक, सीता तुम्बापो पंधाक, हेमराज अन्छङ्बो, बबिता फोम्बो, इसिका जबेगु, जीवन भट्टराई, भरतमणि पौडेल, प्रेम ओझा, कुमार ढकाल, सागर केरुङ, घटिका थेबे, रवि सेर्मा, लक्ष्मी योङहाङ, बाबा मेन्याङ्बो, सञ्जय निङ्लेकु, दिनेश माङ्मु, नुनाम केरुङ, पुर्णिमा लिम्बू, कबिता तुम्बापो, टीआर सेनेहाङ, विरेन्द्र खाम्धाक (सिक्किमे कलाकार), स्वयं सिंजाङगु, आयुषा लिम्बूखिम, तेज मेन्याङ्बो, सीता योङ्या लगायतको विजोड प्रस्तुति रहेको छ ।

स्थानीय स्तरको संयोजन आशिष तावा र नुनाम केरुङले गरेको चलचित्रमा मुख्य सहायक निर्देशक रवि सेर्मा, कोरियोग्राफर दिनेश माङ्मु, छायांकन युवराज राई, श्रृङ्गार विनोद तामाङ, कास्टिङ डाइरेक्टर सिर्जना सुब्बा, कला निर्देशक शैलेन्द्र थेबे र प्रोडक्सन म्यानेजर विमल धमला छन् ।

रोमियो फिलिम्स् प्रा.लि.को ब्यानरमा निर्मित चलचित्र घरजम आगामी १५ सेप्टेम्बर २०१९ आईतबार बेलुकी ७ः३० बजे हङकङ स्थित वाम्पो गोल्डेन हार्वेस्ट सिनेमा हलमा ग्राण्ड प्रिमियर शो हुने भएको छ ।

https;|/www.youtube.com/watch?v=CnEzyYp_aEI

सम्बन्धित खवर