
- आन्छुमे नसान
माङसेबुङ । फक्ताङलुङ आइडल सेक्फुङ ३ का विजेता गायक असल तुम्रोक लिम्बूको सुमधुर आवाजमा सजिएको माङ साम्लो ‘नावा चइत’ सार्वजनिक गरिएको छ ।
असल तुम्रोक कै शव्द तथा लय संकलन रहेको माङ साम्लो ‘नावा चइत’ भिडियो यादन सेर्मा लिम्बू अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।
कृष्ण थलङको छायांकन तथा सम्पादन रहेको भिडियोमा गायक असल तुम्रोकले फिचरिङ छन् ।
मनोज साङसोनको संगीत संयोजनमा किङग् स्टुडियो अनामनगरमा रेकर्डिङ गरिएको साम्लोमा सुरेश राईले रेकर्डिङ तथा राजु कार्कीले मिक्सिङ तथा मास्टरिङ गरेका छन् ।
भिडियो हेर्नुहोस…






