
- आन्छुमे नसान
माङसेबुङ । गायिका सुनिता लावतीको मर्मस्पर्शी आवाजमा किरात याक्थुङ समुदायमा लोपन्मुख मुटु छिया छिया पारिदने ह्दयविदारक साम्लो ‘सिमेरिङ’ सार्वजनिक गरिएको छ ।
गायक, संगीतकार तथा गितकार सादन सेर्मा ‘नुनाम’को शव्द संकलन रहेको आफन्तको मृत्युको वियोगमा भावविह्वल भएर रुदैं शोक व्यक्त गर्ने विलौनाको रुपमा याक्थुङ समुदायमा रहेको साम्लो ‘सिमेरिङ’ भिडियो यादन सेर्मा लिम्बू अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

यादन सेर्माकै कथा तथा परिकल्पनामा कृष्ण थलङको छायांकन तथा सम्पादन रहेको भिडियोमा मिरा फियाकले अभिनय गरेकी छन् ।
मनोज साङसोनको संगीत संयोजनमा किङग् स्टुडियो अनामनगरमा रेकर्डिङ गरिएको साम्लोमा सुरेश राईले रेकर्डिङ तथा राजु कार्कीले मिक्सिङ तथा मास्टरिङ गरेका छन् ।
आमाको मृत्युको बियोगमा भावविह्वल भएर विलौना प्रस्तुत गरिएको सिमेरिङ साम्लो र भिडियोले दर्शक स्रोताको मन मुटुनै छिया छिया पारिदिन्छ । सिमेरिङ साम्लो र भिडियो मार्मिक र उत्कृष्ट बनेको छ ।
भिडियो हेर्नुहोस…






