धर्म आत्माबाट बुझ्नुपर्छ - Mangsebung News
  • शुक्रबार, बैशाख १४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

धर्म आत्माबाट बुझ्नुपर्छ

 

 

ओत तागेरा निङ्वाभू माङे सेवारो । मुजोत्लुङ खेजोत्लुङ, माङलिङ्मा, माङकेप्मा, माङओप्मा, लुङ्धुङ्धो सत्ते माङ्लाक् पोक्मामाङ सेवारो ।

प्यारो चेलाहरु
स्वदेश विदेशदेखि पाल्नु भएका भक्तजनहरु र श्रद्धालु भक्तप्रेमी सज्जनवृन्द, बुद्धिजीवि, विद्धान तुत्तुगेन तुम्याहाङ, याक्लागेन सुहाङ्मा नालीगेन थाङ्बेन, सिसागेन् मेन्छिन केरेक लक्लुम्मेओ नु माङ सेवारो । आज किरात र किरात धर्मदर्शनको बारेमा तथा आफूूले आफैलाई कसरी चिन्ने भन्ने बारेमा बोल्न लागि रहेको छु ।
किरात एकता, विश्व मानव एकता र विश्व शान्तिको लागि हामी सबै जम्मा भएका छौं । यो संसार भनेको तागेरा निङवाभू माङको सृष्टि हो । यो संसार गोलो छ । पञ्च तत्वको सिर्जना भएको छ । यो संसारमा हामी सबै प्राणीहरु बसेका छौं । भिन्ना भिन्नै थर, जातमा विभाजित भएर संसारको एउटा फूलबारी भएर बसेका छौं । पृथ्वी, आकाश, हावा, पानी यी सम्पूर्ण सृष्टिको एउटा धनी छ । जब पापको फैलावट हुन्छ, तब त्यहाँ धर्मको उदय हुन्छ । जहाँ अशान्ति हुन्छ, त्यहाँ शान्तिको आवश्यकता हुन्छ । यसलाई धर्मग्रन्थ अनुसार कलंक युग, कलियुग भनिन्छ । जब कलिको अन्त्य हुन्छ त्यसपछि सत्य चीज प्रकट हुन्छ, सत्य युगको स्थापना हुन्छ ।
यो पृथ्वीमा, धरातलमा घरी घरी ठूला–ठूला युग पुरुषहरुको जन्म हुन्छ । घरी घरी तागेरा निङ्वाभूमाङको अनुकम्पाले विशाल युग पुरुषहरु जन्मिने गर्छन । किरात धर्ममा र बुद्ध धर्म त्यति अन्तर छैन् । ज्ञानमा नजिकै छ । हाम्रो किरात कुलमा येहाङ, सोधुङ्गेन् लेप्मुहाङ, कान्देनहाङ, माबोहाङ, श्रीजंगाहाङ हुँदै मुहिङगुम अङसीमाङ फाल्गुनन्दको अन्तिम अवतार भएको थियो । मुहिङगुम अङसीमाङ फाल्गुनन्दले हाम्रो समाजमा धेरै ध्यान दिन खोज्नु भइको थियो ।
तर, संसारिक जीवन लिएर आएपछि, भौतिक जीवन लिएर आएपछि एक दिन यस ठाउँलाई छोडेर हामी मेन्निमाङ, मेन्धामाङको ठाउँमा जानु पर्दोरहेछ । त्यसकारणले वहाँले गर्दै, भन्दा भन्दै पनि वहाँ तागेरा निङ्वाभूको अनुकम्पाले यस धतीएमा आउनु भएका महागुरु हुनुहुन्थ्यो । फेरि तागेरा निङ्वाभूमाङले वहाँलाई फिर्ता गरेर लानुभयो र यस किरात धर्म फेरि शून्यको अवस्थामा पुग्यो । म पनि गुफा साधेर आत्म शान्तिको लागि तागेरा निङ्वाभू माङ्कै नजिकमा जाने मेरो इच्छा थियो तर, मैले त्यो साधन गर्दा गर्दै ुतिम्रो बाजेले गर्नुभएको कर्म अधूरो भएको छ ।
त्यो कर्मलाई पूरा गर्नुु भनेर तागेरा निङ्वाभूमाङको आदेश भएपछि यो किरात धर्म भनेर सही मार्ग दर्शनमा डो¥याउन, यसलाई बुझाउन, चिनाउन म अगाडी बढेर तपाईहरु समक्ष उभिएको छु । मार्गहरु दुई वटा छन् । एउटा राम्रो बाटो र अर्को नराम्रो बाटो । तपाईहरुले राम्रो बाटो रोज्ने हो कि नराम्रो बाटोमा अगाडी बढ्ने हो ।
म कुनै धर्मलाई विरोध गर्दिन, सबै धर्महरुसँग सहिष्णुताको आधारमा बोली रहेको छु । किरातहरुको सम्बन्धमा आफ्नै व्यहोरा छैन भने अरुलाई पनि त्यस्तै देखिन्छ । हामी हिन्दू धर्म, बुद्ध धर्मलाई विरोध गर्छौ, त्यसो गर्नु हुदैन किनकि यिनीहरुको आ–आफ्नै स्थान छ । अहिले आएर किरात धर्मको प्रतिष्ठा भएको मात्र नभएर अन्र्तराष्ट्रिय मान्यता पनि प्राप्त गरेको छ । धर्म भनेको एउटा कम्पनीको नाम हो । यो एउटा कारखाना हो । यस कारखानाभित्र जुन चीजहरु उत्पादन गरिएका छन् जन ज्ञान तत्व छ, त्यो हाम्रो सम्पति हो । यस कुरालाई जान्नुपर्छ । कुसंस्कार, कुमार्ग, अहंकार, घमण्ड र क्रोधले हामीलाई साह्रै नै सताएको छ ।

                                                                                                                                                                            क्रमश…

सम्बन्धित खवर