ओली पुनः सिंगापुर प्रस्थान - Mangsebung News
  • शनिबार, साउन १२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

ओली पुनः सिंगापुर प्रस्थान


भदौ ५, २०७६ काठमाडौं  / प्रधानमन्त्री केपी शर्मा ओली उपचारका लागि थाई एयरवेजको जहाजमार्फत विहिबार दिउँसो साढे १ बजे सिंगापुतर्फ प्रस्थान गरेका छन् । सिंगापुरमा स्वास्थ्य उपचारपछि प्रधानमन्त्री ओली यही भदौ २० गते स्वदेश फर्किने कार्यक्रम छ । तर यो मिति अवस्था हेरेर तलमाथि हुन सक्ने बताईएकोछ ।

ओलीसँगै पत्नी राधिका शाक्य पनि सिंगापुरतर्फ लागेकी छन् । ओली यस अघि २०७६ साउन १८ गतेदेखि २७ गतेसम्म सिंगापुरको न्यासनल युनिभर्सिटी अस्पताल (एसएनयू) मा स्वास्थ्य परीक्षण गरी फर्किका थिए । ओेली फेरि फर्किएको १० दिनमै त्यसतर्फ लागेका हुन् । प्रधानमन्त्री ओलीका निजी चिकित्सक डा.दिव्या सिंहका अनुसार अघिल्लो पटकको स्वास्थ्य परीक्षणमा प्रधानमन्त्री ओलीको शरीरमा मृगौला सम्बन्धी एण्टीबडीको मात्रा केही बढी देखिएको थियो । ’ एण्टीबडीलाई शरीरबाट निस्कासन गरी निराकरण गर्ने उपचार विधिलाई निरन्तरता दिन उहाँ फेरि त्यसतर्फ जान लाग्नु भएको हो’, डा.सिंहले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

 


सिंगापुरको न्यासनल युनिभर्सिटी अस्पतालमै नेपाली चिकित्सकका साथमा त्यहाँका विज्ञहरुको टोलीले उहाँको मिर्गौलाको थप परीक्षण र क्षमता अभिवृद्धिका लागि आवश्यक उपचार गर्ने विज्ञप्तीमा जनाइएको छ । सिंगापुरमा प्रधानमन्त्री ओलीको स्वास्थ्यमा अवस्थाको उल्लेखनीय जानकारी भएमा हामी मिडियामार्फत् आमनेपाली दिदीबहिनी तथा दाजुभाइलाई अवगत गराउनेनै छौं’, डा सिंहले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

प्रमको बिदाइमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, संविधानसभाका अध्यक्ष तथा नेकपाका उपनेता सुवास नेम्वाङ र गृहमन्त्री रामबहादुर थापा बादलसहितका सरकारका उच्च पदस्थ अधिकारीहरु विमानस्थलमा पुगेका थिए ।

सम्बन्धित खवर