पाथिभरा गोल्डकप फाईनलमा डिफेन्डिङ च्याम्पियन रेडस्टार क्लब झापा र एलाभेन एरोज क्लब सुनसरी भिड्दै - Mangsebung News
  • शुक्रबार, बैशाख ०७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

पाथिभरा गोल्डकप फाईनलमा डिफेन्डिङ च्याम्पियन रेडस्टार क्लब झापा र एलाभेन एरोज क्लब सुनसरी भिड्दै


भदौ ६, २०७६ ताप्लेजुङ / चौथो संस्करणको पाथीभरा गोल्डकपको उपाधिका लागि शुक्रबार डिफेन्डिङ च्याम्पियन रेडस्टार क्लब झापा र एलाभेन एरोज क्लब सुनसरी भिड्दै छन् । खेल सदरमुकाम फुङलिङस्थ्ति भानुजन माविको खेल मैदानमा हुनेछ ।
बिहीबार सम्पन्न दोस्रो सेमिफाइनल खेलमा डाँगीहाट क्लब मोरङलाई पराजित गर्दै झापाले सुनसरीसंग भिडन्त पक्का गरेको हो । झापाले मोरङलाई ट्राईब्रेकरमा ४–३ गोल अन्तरले पराजित गर्दा झापाका लागि बुद्ध चेम्जोङ, पुजन उभरकोटी, योगेश गुरुङ र निशान लिम्बुले एक एक गोल गरे । यता पराजित डाँगीहाटका लागि भने विक्रम लिम्बु, विकेश लिम्बु र विक्रम धिमालले गोल गरे ।
डाँगीहाट सुमिन मैनाली, दिलेन लोक्ताम र मानबहादुर परियारको प्रहार विवश चौधरीले उत्कृष्ट बचाउ पछि म्यान अफ दि म्याच घोषित गोलकिपर विवश चौधरीले नगद ५ हजार प्राप्त गरे । निर्धारित समय १÷१ गोलको बराबरीमा सकिएको खेलको निर्णय ट्राइब्रेकरबाट लिएको हो । प्रतियोगिताको विजेताले तीन लाख ११ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ । उपविजेताले एक लाख ५१ हजार रुपैयाँ सहित ट्रफी प्राप्त गर्ने आयोजकले जनाएको छ।

सम्बन्धित खवर