पाथीभरा गोल्डकपको ट्रफी एलाभेन एरोज सुनसरीलाई - Mangsebung News
  • शनिबार, साउन १२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

पाथीभरा गोल्डकपको ट्रफी एलाभेन एरोज सुनसरीलाई

भदौ ७, २०७६ ताप्लेजुङ/ चौथो संस्करणको पाथीभरा गोल्डकपको च्याम्पियन सुनसरीको एलाभेन एरोज फुटबल क्लब भएको छ । शुक्रबार सम्पन्न फाइनलमा झापाको रेडस्टार क्लबलाई टाई बेकरमा ४/२ गोल अन्तरले पराजित गर्दै सुनसरी च्याम्पियन बनेको हो । टाई बेकरमा सुनसरीका लागि उमेश कार्की, रुपेश केसी, जीवन धामी, प्रिसो एप्सले एक एक गोल गरे । झापाका लागि पुजन उभरकोटी र निशान लिम्बूले एक एक गोल गर्दा योगेश गुरुङ र विकास थुलुङले गोल गर्न सकेनन् । निर्धारित समयमा २/२ को बराबरी भएपछि टाई ब्रेकरबाट निर्णय लिइएको थियो ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले समेत दर्शक बनेर निकै रोमाञ्चकका साथ फाइनल खेल पूरै हेरेका थिए । प्रतियोगिताको सर्बोत्कृष्ट खेलाडी सुनसरीका प्रवेश दनुवार घोषित हुदा बेष्ट डिफेन्स सुनसरीकै विष्णु सुनुवार, वेष्ट मिड फिल्ड झापाका योगेश गुरुङ, वेष्ट फर्वाड झापाका मिलन राई, वेष्ट कोच सुनसरीका विश्वबन्धु पोखरेल बने ।

ताप्लेजुङ ११ का मनिराज लिम्बू प्रतियोगिताको उदयमान खेलाडीको उपाधि हात पार्दा उच्च गोलकर्ता प्रतियोगिता भर ४ गोल गरेका सुनसरीका यानिक ओना बने । जीत सँगै सुनसरीले नगद ३ लाख ११ हजार १११ सहित ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ । साविक विजेता झापा रेडस्टार भने नगद १ लाख ५१ हजार १११ रुपैँया सहित उपविजेता मात्र बन्यो ।

सम्बन्धित खवर