झापामा करदाताको संख्या बढ्दो - Mangsebung News
  • बिहिबार, बैशाख २०, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

झापामा करदाताको संख्या बढ्दो


झापा/ झापामा स्थायी लेखा नम्बर (प्यान) लिने सेवाग्राहीको संख्या बढेको आन्तरिक राजश्व कार्यालय भद्रपुरले जनाएको छ ।

कार्यालयका प्रमुख बोलराज आचार्यका अनुसार व्यवसाय वा रोजगारी गर्ने सबैले अनिवार्य स्थायी लेखा नम्बर लिनुपर्ने नियम लागु भएपछि सेवाग्राहीको संख्या बडेको हो ।
व्यक्तिगत प्यान नम्बर लिनेको संख्या छ हजार ७३ र व्यावसायिक प्यान नम्बर लिने ९२५ चालू आर्थिक वर्षको साउन महीनामा मात्र थपिएका छन् ।

ताप्लेजुङ, पाँचथर, इलाम र झापाको माईपूर्व क्षेत्र का सेवाग्राहीले भद्रपुर कार्यालयबाट सेवा लिने गरेका छन् ।
झापाको माई पश्चिम क्षेत्रमा भने दमकमा रहेको अर्को आन्तरिक राजश्व कार्यालयले पाँच स्थानीय तहमा सेवा पुर्याउँदै आएको छ ।

भद्रपुर कार्यालयबाट २०७६ साउन महीनासम्ममा व्यक्तिगत प्यान नम्बर लिने झापाका सेवाग्राहीको संख्या ३१ हजार ६४० छ ।

झापामा सोही अवधिसम्ममा व्यावसायिक लेखा नम्बर लिने र मूल्य अभिवृद्धि करमा (भ्याट) मा दर्ता हुनेको संख्या ५७ हजार ३४१ पुगेको कार्यालय प्रमुख आचार्यले जानकारी दिए ।
आचार्यका अनुसार झापामा जम्मा करदाता संख्या ८८ हजार ९८१ रहेका छन् ।

सम्बन्धित खवर