मुटुरोगी तुम्बापोलाई परिवारबाट सहयोगको अपिल - Mangsebung News
  • शनिबार, साउन १२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

मुटुरोगी तुम्बापोलाई परिवारबाट सहयोगको अपिल

दमक/ पाँचथर जिल्ला साविक चोकमागु–३, हाल फिदिम नगरपालिका वडा नं. ५ निवासी ज्ञान बहादुर तुम्बापो मुटु र नसा सम्बन्धि रोगले थला परेका छन् । रोग लागेर अस्पताल भर्ना भएपछि परिवार आर्थिक समस्यामा परेको छ ।

पारिवारिक आर्थिक स्थिति अत्यन्तै कमजोर भएको किसानी परिवारले सहयोगको लागि सवैमा अपिल गरेका छन् । आर्थिक अवस्थाकै कारण उनि वैदेशिक रोजगारीमा मलेशिया गएका थिए ।

आफ्ना आफन्तबाट ऋण लिएर मलेशिया पुगे, तर ज्ञानबहादुर त्यही विरामी परे । विरामी भएपछि उनी घर फर्किए । चार छोरीको बुबा तुम्बापो चेकजाँच पछि उनलाई नसा र मुटु रोग लागेको थाहा पाएपछि काठमाण्डौका विभिन्न अस्पताल गंगालाल, टिचिङ हुँदै हाल मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सपलान्ट सेन्टर महाराजगञ्ज काठमाण्डौमा अप्रेसन पश्चात भेन्टीलेटरमा राखी उपचा भइरहेको परिवारिक श्रोतले बताएको छ ।

हाल सम्म ८/१० लाख सकिएको र डाक्टरको सल्लाह अनुसार बाँकी १८ लाख जति चाहिने जानकारी प्राप्त भएकोले हाम्रो पारिवारिक अवस्थाबाट केही सिप नलागेसी गाउँपालिका, वडा पालिकाबाट सहयोगको सिफारिस सहित आर्थिककै कारण विरामीलाई गुमाउन नपरोस् भनेर सवै सवैमा सहयोगको हात फिजाइएको विरामीका आफन्त निर्मला लिम्बूले बताइन् ।

विरामीको सम्पर्क नं. ९८०७९५७६२४÷९८२४०६९८८१
एभरेष्ट बैक खाता नं. ०२११०५०१२००२२१ निर्मला लिम्बू

सम्बन्धित खवर