गजलघर नेपालको प्रदेश न १ कार्यसमिति गठन - Mangsebung News
  • शुक्रबार, चैत १६, २०८०
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

गजलघर नेपालको प्रदेश न १ कार्यसमिति गठन

दमक/ भदौं ७ गते दमकमा एक कार्यक्रम गरी गजलघर नेपालले प्रदेश न १ को कार्यसमिति गठन गरेको छ ।

प्रदेश नं. १ का सल्लाहकार संयोजक जितेन मुस्कानको अध्यक्षतामा गठित नव समितिमा अध्यक्ष मौसम साम्पाङ, उपाध्यक्षद्वय तिला श्री तिम्सिना, गगन योक्पाङ्देन, सचिव भिजन गुरागाई, सह–सचिव मदन चौहान, कोसाध्यक्ष चोमु शेर्पा (खुसी) र सदस्यहरूः रचना लावती, देबिका अधिकारी, गंगा फुयाल, कल्पना आचार्य वली, नयन श्रेष्ठ, कृष्ण लामिछाने रहेका छन् ।

संस्थाले नेपाको प्रदेश नं. १ मा रहेर गजल लेखिरहेका गजलकारलाई संरक्षण, संबद्र्धन गर्दै लैजाने साथै नयाँ कार्यसमितिले आगामी भदौं १४ गते पहिलो कार्यक्रम अनुरुप भब्य रुपमा गजल महफिल गर्ने निर्णय गरिएको सल्लाहकार संयोजक मुस्कानले बताए ।

सम्बन्धित खवर