नेकपा सचिवालय बैठकको निर्णयः एकतामा आएका चार जनालाई केन्द्रीय सदस्यमा मनोनित - Mangsebung News
  • शुक्रबार, बैशाख १४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

नेकपा सचिवालय बैठकको निर्णयः एकतामा आएका चार जनालाई केन्द्रीय सदस्यमा मनोनित

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको बैठकले चार जनालाई केन्द्रीय सदस्य मनोनित गरेको छ ।

पार्टी विधानअनुसार देवेन्द्र पराजुली, कल्पना धमला, पदम राई र किरण राईलाई केन्द्रीय सदस्य मनोनित गरिएको बैठकपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले जानकारी दिए ।

बैठकले सिंगापुरमा उपचार गराइरहेका प्रधानमन्त्रीसमेत रहेका पार्टी केपी शर्मा ओलीको स्वास्थ्य लाभको कामना पनि गरेको छ ।

आफूखुसी अभिव्यक्ति दिन नेता कार्यकर्तालाई अंकुश

पार्टीको सचिवालय बैठकले पार्टी अनुशासन सम्बन्धी महत्वपूर्ण निर्णय गरेको छ । पार्टी कार्यालय धुमबाराहीमा बसेको बैठकले पार्टीका नेता कार्यकर्ताका बारेमा अभिव्यक्ति दिदा पार्टी भित्र नै छलफल गर्नुपर्ने निर्णय गरेको छ ।

सचिवालय बैठकपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले भने, ’केन्द्रदेखि तल्लोतहसम्मका नेता कार्यकर्ताका बारेमा कुनै व्यक्तिगत कुरा सार्वजनिक रुपमा उठाउँनु परेमा तथ्यसंगत तरिकाले पार्टी्भित्रै उठाउँनु पर्ने बैठकले निर्णय गरेको छ । त्यस्ता कुरालाई सार्वजनिक गरेमा स्पष्टीकरण सोध्नेदेखि आवश्यक कारबाही गर्ने निर्णय गरेको छ ।’

सम्बन्धित खवर