
माङसेबुङ । किरात साम्यो माङसेवासाबा थुम पान्जुम्भो इलामको अध्यक्षमा प्रशान्त साउदेन चयन हुनुभएको छ ।
इलामको माङसेबुङमा शनिबार आयोजित किरात साम्यो माङसेवासाबा थुम पान्जुम्भो इलामको चौथो सम्मेलनबाट नवनिर्वाचित अध्यक्षमा प्रशान्त साउदेन चयन हुनुभएको हो ।

सम्मेलनको अवसरमा सेवासाबा इलाम पान्जुम्भोको भूतपूर्व अध्यक्ष भुवनसिं वनेम फागो सम्मानित हुनुभएको छ ।
यसरी सावादेनको नेतृत्वमा गठित पान्जुम्भोको नयाँ समितिमा उपाध्यक्ष बिरेन्द्र साँबा, सचिव मिलन थलङ र कोषाध्यक्ष नरवीर सोङमी निर्वाचित बनेका छन् ।

सदस्यहरुमा यामहाङ चेम्जोङ, शान्ता कला राई, राधिका चेम्जोङ, केदार कुमार राई, सुक वीर राई, पुन हाङ योङहाङ लगायत निर्वाचित भएका छन् ।
थुम पान्जुम्भो इलामका अध्यक्ष जङग साँबाको अध्यक्षतामा सम्पन्न सम्मेलनमा प्रमुख अतिथि किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेना सेवा समितिको उपाध्यक्ष होम लिङदेन, विशेष अतिथि किरात साम्यो माङसेवासाबा मुजोत्लुङ पान्जुम्भो अध्यक्ष भगिहाङ नेम्बाङ लगायत विभिन्न संघ संस्थाको प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

निर्वाचन मन्डल प्रमुखमा वीर बहादुर आङ्ला, सदस्यमा असोक फागो र असल लिम्बू रहेको थियो ।










