मेची करिडोर पर्यटन ब्यवसायी गठन - Mangsebung News
  • बुधबार, बैशाख १२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

मेची करिडोर पर्यटन ब्यवसायी गठन

दमक/ भदौं ९ गते इलममा एक कार्यक्रम गरी मेचि करिडोर पर्यटन सरोकार समितिले नयाँ समिति चयन गरेको छ । शुभ कामना आदानप्रदान गरी कार्यक्रम सुरु गरिएको उक्त कार्यक्रम होटल एसोसिएसन इलामका अध्यक्ष देवि पौडेलको सभापतित्वमा भएको थियो ।

नव गठित समितिमा अध्यक्ष राजेन दंगाल, उपध्याक्ष देबि पौड्यल, महासचिव अर्जुन कार्की, सचिव खेमराज सिटौला, कोषाध्यक्ष कमला रिजाल, सदस्यहरुमा जितेन पन्धाक, शन्दिरा श्रेष्ठ, कृष्ण काफ्ले, मनोज कोइराला, सारदा उप्रेती, लक्ष्मी प्रसाद काफ्ले, बिमल भण्डारी चयन भएका छन् ।

इलाम जिल्ला समन्वय समितिका शभापति गणेश बरालको प्रमुख आतिथ्य र इलाम नगरपालिका मेयर महेस बस्नेत को विशेष आतिथ्य रहेको कार्यक्रममा इलाम पर्यटन प्रवद्र्धन सरोकार समितिका सल्लाहकार द्वय धर्म गौतम र गोपाल पौडेलले सहजिकरण गरेका थिए ।

पुर्वीय पर्यटनलाई उजागर गर्न जनसुकै तहबाट सहयोग गर्ने प्रमुख अतिथि बरालको प्रतिबद्धतामा, पर्यटन वर्ष २०२० लाई सफल पार्न हाम्रो अथितिलाई आकर्षित बनाउनु र आन्तरिक पर्यटकलाई जसरी पनि संख्यात्मक रुपमा बृद्धि गर्नु हाम्रो बढी भन्दा बढी कोषिस रहनुपर्छ भन्ने बिशेष अतिथि मेयर बस्नेतको सुझाब थियो ।

कार्यक्रममा वक्ताहरु प्रदेश नं. १ visit Nepal 2020 का संयोजक राजेन श्रेष्ठले नयाँ समितिलाई पर्यटन प्रवद्र्धनमा सकृयता पुर्वक लाग्न अनुरोध गर्दै २०२० लाई सोचे भन्दा सफल बनाउन सबै तह र तप्का लाई आव्हान गरे भने होटेल एसोसेसन महासंध प्रदेश नं १ का अध्यक्ष मणेन्द्र कटुवालले पर्यटन ब्यवसायलाई सस्थागत रुपमा लैजान यथा सक्दो सहयोग गर्ने र कानुनी रुपमा कसरी लाने भन्ने सल्लाह गरेर अघि बढ्न सुझाए ।

ताप्लेजुङ, पाँचथर, इलाम र झापाका पर्यटन ब्यवसायीहरुको बाक्लो उपस्थिति रहको कार्यक्रमको सञ्चालन जितेन पन्धाकले गरेका थिए ।

सम्बन्धित खवर