साफ यू–१५ च्याम्पियनसिपमा नेपालको भुटानलाई ६ गोल - Mangsebung News
  • बिहिबार, बैशाख ०६, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

साफ यू–१५ च्याम्पियनसिपमा नेपालको भुटानलाई ६ गोल


भदौ १२, २०७६ दमक नेपाल छैटौँ संस्करणको साफ यू–१५ च्याम्पियनसिप फुटबलको फाइनल नजिकै पुगेको छ । बिहीबार भएको अन्तिम खेलमा भुटानलाई ६–० गोलको फराकिलो अन्तरले पराजित गर्दै नेपालले फाइनल प्रवेशको सम्भावनालाई कायम राखेको हो ।

नेपाललाई जित दिलाउन कप्तान प्रदीप लम्सालले २ गोल गरे। त्यस्तै, असिम राई, क्रिस सापकोटा, सुगम जिमी र निराजन खत्रीले समान १र१ गोल गरे। खेलको सुरुवातबाटै दबाब सृजना गरेको नेपालले खेलको ५ औँ मिनेटमा अग्रता बनायो। पेनाल्टीको अवसरलाई लम्सालले जाली चुमाउँदै सुरुवाती अग्रता दिलाएका थिए । ६–० गोल अन्तरको फराकिलो जित निकाल्दै फाइनल नजिक पुगेको टिम मेनेजर निरोज खड्गीले बताए ।

हेड टु हेडको नतिजामा नेपाल दोश्रो स्थानमा छ। भारत सुरुवाती ३ वटै खेल जितेर फाइनलमा स्थान बनाइसकेको छ। आजको खेलमा पराजयले पनि भारतलाई कुनै असर गर्नेछैन ।


तेश्रो पटक फाइनल पुग्ने अवसर
यू–१५ को यसअघिका सबै ५ संस्करणमा भाग लिएको नेपालले अहिलेसम्म उपाधि जित्न सकेको छैन। हालसम्म फाइनल पुगेको दुवै संस्करणमा उपाधीको लागि भारत बाधक बनिदियो। सन् २०१३ को दोश्रो संस्करणमा १–० ले पराजित बनेको नेपाली टोली २०१७ को चौथो संस्करणमा २–१ गोल अन्तरले पराजित भयो। यो संस्करणको पहिलो खेलमा समेत घरेलु टोली भारतले ५–० गोल अन्तरको जित दर्ता गरेको थियो।

सम्बन्धित खवर