भान डाईक बने बर्ष खेलाडी - Mangsebung News
  • शुक्रबार, बैशाख ०७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

भान डाईक बने बर्ष खेलाडी

भदौ १३, २०७६ युईएफए वर्ष खेलाडीको उपाधि लिभरपुलका डिफेनडर भर्गिल भान डाइकले जितेका छन् ।

उनले स्टार खेलाडीहरु मेसी र रोनाल्डोलाई पछि पार्दै उपाधि हात पारेका हुन् । युरोपियन क्लब फुटबलमा गत सिजनका उत्कृष्ट खेलाडी घोषित हुँदै डाइकले यो अवार्ड हात पारेका हुन् । युरोपियन फुटबलको सर्वोच्च निकाय युईएफएले बिहिबार मोनाकोमा डायकलाई प्लेयर अफ दि इयर अवार्ड प्रदान गरेको छ ।

युईएफएको सदस्य, युरोपका प्रशिक्षक र ५५ खेल पत्रकारको मतको आधारमा युईएफएले डाइकलाई अवार्ड दिएको हो । डाइकले ३०५ अंक पाए भने मेसीले २०७ र रोनाल्डोले ७४ अंक प्राप्त गर्न सफल भए । डच डिफेन्डर डाइकले यस सिजन लिभरपुलबाट च्याम्पियन्स लिग जितेका थिए ।

उनले नेदरल्याण्डलाई युईएफए नेसन्स कपको फाइनलमा पुराउन समेत महत्वपुर्ण योगदान दिएका थिए । युईएफए प्लेयर अफ दि इयर अवार्ड पाउने डाइक पहिलो डच खेलाडी समेत बन्न सफल भए । यस्तै डाइकले डिफेन्डर अफ दि सिजन अवार्ड समेत जितेका छन् ।

महिलातर्फको वर्ष खेलाडी अवार्ड इंग्ल्याण्डकी लुसी ब्रोन्जले जितिन् । डिफेन्डर ब्रोन्ज फ्रेन्च क्लब ओलम्पिक लियोनेसबाट प्रतिष्पर्धा गर्ने गरेकी छिन् ।

सम्बन्धित खवर