पत्रकार वन्न परिक्षा र लाईसेन्सको माग - Mangsebung News
  • सोमबार, जेठ ०७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

पत्रकार वन्न परिक्षा र लाईसेन्सको माग

भदौ १६, २०७६ काठमाडौं राष्ट्रियसभा सदस्य डा. विमला राई पौड्यालले पत्रकार बन्नका लागि परीक्षा दिएर लाइसेन्स लिनुपर्ने कानुनी व्यवस्था गर्न प्रस्ताव गरेकी छन् ।
संघीय संसद राष्ट्रियसभामा दर्ता भएको नेपाल मिडिया काउन्सिल सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथि सांसद पौड्यालले दर्ता गरेको संशोधनमा पत्रकारिता गर्ने व्यक्तिलाई लाइसेन्सको व्यवस्था गर्नुपर्ने उल्लेख छ ।

मिडिया काउन्सिलको काम, कर्तव्य र अधिकार अन्तर्गत पत्रकारलाई लाइसेन्स दिने प्रावधान राख्नुपर्ने उनको प्रस्ताव छ । सांसद पौड्यालको प्रस्ताव छ, ‘संचारकर्मीहरूको गुणस्तर मापन गर्न आवश्यक पाठ्यक्रम बनाउने, परीक्षा प्रणाली विकास गर्ने, परीक्षा लिने, परीक्षाफल प्रकाशित गर्ने र लाइसेन्स दिनेसम्बन्धी व्यवस्था गर्ने।’ सांसद पौड्यालले पत्रकारहरूलाई जरिवाना गर्ननहुने संशोधन राखेकी छन् ।
उनले जरिवानाको सट्टामा कसैको आत्मसम्मानमा आँच पु¥याउने समाचार लेख्ने पत्रकारलाई ‘सचेत गराउने, सम्बन्धित पक्षबीच वार्ता गराउने, मेलमिलाप गराउने वा आवश्यक कारबाहीका लागि उच्च अदालतमा लैजानका निमित्त सहजीकरण गर्नुपर्ने’ मिडिया काउन्सिलको काम हुनुपर्ने प्रस्ताव गरेकी छन् ।
सांसद पौड्यालले पत्रकार बन्नका लागि लिखित र मौखिक परीक्षा मिडिया काउन्सिलले लिनुपर्ने व्यवस्था कानुनमा गर्न प्रस्ताव गरेकी छन् । दर्तावाला पत्रकार बन्न पत्रकारिता विषयमा नै स्नातक गरेको हुनुपर्ने वा अन्य विषयमा स्नातक गरेको व्यक्तिले तीन वर्ष पत्रकारिता गरेपछि दर्तावाला पत्रकार बन्ने व्यवस्था गर्नुपर्ने संशोधनमा उल्लेख गरेकी छन् ।

सम्बन्धित खवर