प्रधानमन्त्री ओली आज आउने - Mangsebung News
  • शनिबार, बैशाख ०८, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

प्रधानमन्त्री ओली आज आउने

काठमाडौं/ भदौ २०, २०७६ स्वास्थ्य उपचारका लागि सिंगापुर रहेका प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार स्वदेश फर्कंदै छन ।

मृगौलाको थप परीक्षण तथा उपचारका लागि सिङ्गापुर गएका प्रधाननमन्त्री ओलीको स्वास्थ्य सामान्य र सुधारोन्मुख देखिएपछि स्वदेश फर्किन लागेका हुन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले मृगौलामा देखिएको ‘एन्टिबडी’ ‘प्लाज्मा फेरेसिस’ प्रक्रियाबाट मृगौलाको उपचारपछि प्रधानमन्त्री ओली शुक्रबार मध्याह्न स्वदेश फर्कने कार्यक्रम रहेको जानकारी दिए ।

प्रधानमन्त्री ओलीको बुधबार ‘प्लाज्मा फेरेसिस’को सातौँ चरण पूरा गरिएको थियो । प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था बुझ्न सिङ्गापुर पुगेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेल र नेता वामदेव गौतमसमेत सँगै फर्किंदैछन् । प्रधानमन्त्री ओलीका साथमा श्रीमती राधिका शाक्य, प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाललगायत छन् ।

सम्बन्धित खवर