सुनसरीमा बम आतङक - Mangsebung News
  • शनिबार, बैशाख १५, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

सुनसरीमा बम आतङक


भदौ २०, २०७६ सुनसरी/ सुनसरीका दुई छुटाछुटै स्थानमा बिहीबार राति बम विष्फोट भएको छ । इटहरी उपमहानगरपालिका–९ मा रहेको सुस्मा गोदावरी इञ्जिनियरिङ कलेज र धरानको दिल्ली पब्लिक स्कुलमा विप्लवले बम बिष्फोट गराएको हो ।

स्थानीयका अनुसार बिहीबार राति सवा १२ बजे बिष्फोटको ठूलो आवाज सुनिएको थियो । सुस्मा गोदावरी इञ्जिनियरिङ कलेज पूर्वतर्फको पर्खालमा गराइएको विष्फोटबाट कलेजका झ्यालको सिसा र पर्खालमा क्षति पुगेको कलेजका सञ्चालक राजेश श्रेष्ठले बताए ।

त्यस्तै, दिल्ली पब्लिक स्कुलको गेटमा क्षति पुगेको छ । घटनास्थल पुगेका जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी यज्ञविनोद पोखरेलले बम पड्काएर चन्दा आतंक मच्चाउने योजनाको साथ घटना गराउको हुन सक्ने बताए ।

केही दिनअघि नेत्रविक्रम चन्द ‘विप्लव’ समूहको नेपाल कम्युनिस्ट पार्टीको चन्दा उठाउने नाइके भनिएका मोहन कार्कीलाइ प्रहरीले इटहरीबाट पक्राउ गरेको थियो ।

त्यसैको प्रतिक्रिया स्वरुप बम विष्फोट गराएको हुन सक्ने प्रहरीको अनुमान छ । एसपी पोखरेलले बम प्रहार गर्ने समूहको खोजी भैरहेको बताए ।

सम्बन्धित खवर