भुपेन्द्रको “पुर्बेली चलन“ सार्बजनिक - Mangsebung News
  • बिहिबार, बैशाख १३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

भुपेन्द्रको “पुर्बेली चलन“ सार्बजनिक

 


आन्छुमे नसान
२१ भदौं २०७६
दमक/ भुपेन्द्र तुम्बाहाङफेको निर्देशनमा “पुर्बेली चलन” बोलको रमाईलो गीतको म्यूजिक भिडियो सार्बजनिक भएको छ ।

दिनेश माङमुको कोरियोग्राफिमा तयार भएको गीतमा आवाज भने गायक शिभराज गुरुङको रहेको छ । शब्द तथा संगीत समेत शीभराज गुरुङकै रहेको भिडियो मेरो अनलाईन टिभी मार्फत सार्बजनिक भएको हो ।

उमेश राई, निराजन प्रधान, बिशाल सेनेहाङ र प्रिया लिम्बुको अभिनय रहेको भिडियोलाई भुपेन्द्र तुम्बाङफेले खिचेका छन् ।

साहस शाक्यको एरेन्ज, अनिल रानाको सम्पादन रहेको भिडियोलाई पोष्ट प्रडक्सन थैली इन्टरटेन्टमेन्टले गरेको छ ।

सम्बन्धित खवर