पुर्णबहादुरको करेन्ट लागेर मृत्यु - Mangsebung News
  • बिहिबार, बैशाख २७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

पुर्णबहादुरको करेन्ट लागेर मृत्यु


भदौ २२, २०७६ भद्रपुर/ खुर्पा बनाउने क्रममा करेन्ट लागेर झापामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बाह्दशी गाउँपालिका ५ स्थित पिपलचोक बस्ने ४४ वर्षीय पूर्णबहादुर बिक रहेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । प्रहरीका अनुसार आफ्नै घरमा खुकुरी, कोदालो, खुर्पा, फलामको अन्य सामान बनाउने काम गर्दै आइरहेका विकले शनिबार बिहान खुर्पा बनाउने क्रममा अचानक ग्यालेनडरको पछाडिको भागको नट फुस्किँदा उनलाई करेन्ट लागेको थियो । करेन्ट लागेर गम्भीर घाइते भएका उनलाई उपचारको लागि बिर्तामोडस्थित बिर्ता सिटी अस्पताल लगिएको थियो । उनको उपचारका क्रममा पौने १ बजे मृत्यु भएको प्रहरी कार्यालय झापाले जनाएको छ ।

सम्बन्धित खवर