आन्छुमे नसान
२०७६ भदौं २२, दमक/गायक एकदेव थेगिम लिम्बुको आवाजमा “केही ज्यादा” बोलको भिडियो युट्युव मार्फत सार्बजनिक भएको छ ।
बियोण्डको शब्द तथा संगीत रहेको गीत भिडियोमा बिट्स, मिक्सिङ, मास्टरिङ र कलर भने ब्रिजेश श्रेष्ठको रहेको छ ।
बियोण्डको निर्देशनमा, बिकेश मगरको छायांकन तथा सम्पादन रहेको भिडियोमा एलिसा राई र रेहान गुरुङले दमदार अभिनय गरेका छन् ।
नेस्ट स्टुडियोमा तयार भएको गीतमा निकिता थापाको कोरस, छिरिङमा सेर्पाले सृंगार गरेको भिडियो एकदेवको आफ्नै पर्सनल युट्यूव च्यानल मार्फत सार्बजनिक भएको हो ।