ब्यावसायिक चुनाबमा लोकतान्त्रिक समावेसी ब्यवसायी विजयी - Mangsebung News
  • शुक्रबार, बैशाख १४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

ब्यावसायिक चुनाबमा लोकतान्त्रिक समावेसी ब्यवसायी विजयी


दमक, २२ भदौ । दमक उद्योग बाणिज्य संघको निर्वाचनमा संयुक्त लोकतान्त्रिक समूहले प्रगतिशील व्यवसायीलाई हराउदै जित हासिल गरेको छ । मतगणनाको अन्तिम नजिता अनुसार अध्यक्षसहित ११ पदमा लोकतान्त्रिक र प्रगतिशील समूहले भने एक पदाधिकारी,एक लेखा संयोजक गरि १० वटा पद जितेको छ ।

अध्यक्ष, लेखा संयोजकसहित विभिन्न २१ पदमा दुई स्वतन्त्र गरि ४४ जना उम्मेदवारहरु प्रतिष्पर्धी थिए ।

श्रेष्ठले १४११ मत प्राप्त गरि विजयी वने भने उनको प्रतिद्धन्दी प्रगतिशिल समूहका विमल खतिवडाले ९१६ मत प्राप्त गरे ।

पदाधिकारीमा वरिष्ठ उपाध्यक्ष बाहेक सवै पदहरुमा लोकतान्त्रिक व्यवसायी समूहका व्यवसायीहरु निर्वाचित भए । बरिष्ठ उपाध्यक्षमा १२७६ मत ल्याएर प्रगतिशिलका गोपाल गुरागाईं बिजयी प्रतिद्धन्दी लोकतान्त्रिकका सुरज आचार्यले १०२१ मत प्राप्त गरे ।

त्यसैगरी प्रथम उपाध्यक्ष लोकतान्त्रिककै राजु खड्काले १२०९ मत प्राप्त गरी बिजयी बन्दा उनका प्रतिद्धन्दी प्रगतिशिलका युवराज घिमिरेले १०७३ मत प्राप्त गरे ।

यस्तै द्वितिय उपाध्यक्षमा लोकतान्त्रिककै राजकुमार योङयाले १०१२ मत ल्याई विजयी वने भने उनका प्रतिद्धन्दी प्रगतिशिलका घनश्याम खनालले ९०६ र स्वतन्त्र उम्मेदवार टिकाराम प्रसाईले ३५५ मत प्राप्त गरेका थिए ।

तृतीय उपाध्यक्षमा लोकतान्त्रिककै रमा लिम्बु (१२०२ ) बिजयी बनिन् । लिम्बूले प्रगतिशिलका ज्ञाननाथ पौडेललाई पराजित गरेकी थिईन् । पौडेलले १०६१ मत प्राप्त गरे ।

महिला सदस्यमा निरौला र सिटौला
यसैगरी खुल्ला दुई महिला सदस्यमा लोकतान्त्रिककी सुस्मा निरौला (११३६ ) र प्रगतिशिलकी लक्की सिटौला (९७९ ) बिजयी बनिन् । महिला सदस्यतर्फनै स्वतन्त्र उम्मेदवार कबिता अधिकारी ५५०, प्रगतिशिलकी चन्द्रमाया निरौला (जमुना) ९०४ र लाकतान्त्रिककी दिलकुमारी सुब्बाले ९२३ मत प्राप्त गरेकी थिईन् ।

बस्तुगतमा २ लोकतान्त्रिक, तीन प्रगतिशिल
बस्तुगत तर्फलोकतान्त्रिक समूहबाट दुई जना र प्रगतिशिलबाट तिनजना बिजयी भएका छन् । लोकतान्त्रिकबाट मोहन ढकालले १३१६ र रुबल अधिकारीले ११९४ मत ल्याएर बिजयी वने भने प्रगतिशिलका गायत्री पौडेल १२९६, राजेश अधिकारी ११६३ र दिनेश सुवेदी ११८४ मत प्राप्त गरी बिजयी बने । बस्तुगत सदस्यमा लोकतान्त्रिकका तिलबहादुर डाँगी (तिलक) ७७४, प्रकाश नेपाल ८९८, भेनस श्रेष्ठ ११४८ र प्रगतिशिलका राधाकृष्ण आचार्यले ८७० मत पाएका छन् ।

खुल्ला सदस्यमा तीन, तीन
यसैगरि ६ खुल्ला सदस्यतर्फ लोकतान्त्रिकका चन्द्र खत्री (१२९४ ), तुलसीराम तिम्सीना (११८७), नविन अग्रवाल (१२०३) र प्रगतिशिलका असिम राई (१०८३) भरत कुमार चम्लागाई (१२२२) र राजकुमार थापा (१२०५ ) मत प्राप्त गरि विजयी वनेका छन् । खुल्ला सदस्य पदम न्यौपाने १००१, रुपक दाहाल (रुपक) ९३०, संजित रौनियार ८३६, सुवासचन्द्र गड्तौला ९०१, सुमन काफ्ले ९३४ र सुरज लिम्बु ८९० ले मत पाएका थिए ।

लेखामा एक लोकतान्त्रिक, २ प्रगतिशिल
तीन सदस्यीय लेखातर्फ संयोजकमा प्रगतिशिलका खोम प्रसाद बगालेले १२२३ मत ल्याएर विजयी वने भने उनका प्रतिद्धन्दी लोकतान्त्रिकका पारसमणी आचार्यले १०५९ मत प्राप्त गरे । दुई लेखा सदस्यमा लोकतान्त्रिका कृष्णराज दाहालले १३२४ र प्रगतिशिलका मोहन मगर मिनले ११०९ मत प्राप्त गरि विजयी बने । सदस्यतर्फ लोकतान्त्रिकका दिपेन्द्र तिवारी १०१२ र प्रगतिशिलका लाल बहादुर श्रेष्ठले ९७३ मत प्राप्त गरेका थिए ।
संघको तीन वर्से कार्यकालको गत शुक्रवार भएको निर्वाचनमा २६८० मध्ये २३३० मत खसेको थियो । निर्वाचनमा सत्तारुढ नेकपा निकट प्रगतिशिल र नेपाली कांग्रेससहितहका साना दलहरुको संयुक्त लोकतान्त्रीक व्यवसायीको समूह प्रतिष्पर्धामा थिए ।

सम्बन्धित खवर