पूर्वमन्त्री यमी दर्घटनामा - Mangsebung News
  • सोमबार, जेठ ०७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

पूर्वमन्त्री यमी दर्घटनामा


भदौ २३, २०७६ काठमाडौं/ पूर्वमन्त्री हिसिला यमी दुर्घटनामा घाइते भएकी छन् ।

पूर्व भौतिक पूर्वाधार तथा यातायातमन्त्री तथा समाजवादी पार्टी नेपालकी नेतृ यमी आइतबार दिउँसो दुर्घटनामा परेर घाइते भएको यमीका पति तथा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईका स्वकीय सचिव रोशन पोखरेलले जानकारी दिए । उनले भने ‘पार्टी कामको सिलसिलामा निवासबाट पार्टी कार्यालय बालकुमारी जाँदै गर्दा बल्खु चोकमा स्कुटर दुर्घटनामा परेको हो, अवस्था सामान्य छ ।’ बल्खु चोकमा अनटेष्ट मोटरसाइकलले ठक्कर दिएर घाइते भएकी यमीको बिएण्ड बी अस्पतालमा उपचार भइरहेको पोखरेलले जानकारी दिए ।

सम्बन्धित खवर