अबको दश बर्षमा विद्यार्थीले किताब पढ्नु नपर्ने प्रदेश १ को अभियान - Mangsebung News
  • शनिबार, बैशाख २९, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

अबको दश बर्षमा विद्यार्थीले किताब पढ्नु नपर्ने प्रदेश १ को अभियान

२०७६ भदौ २२ मोरङ । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशका सामुदायिक विद्यालयका लागि ‘डिजिटल साक्षरता’ अभियानको शुभारम्भ गरेका छन् ।

सामाजिक विकास मन्त्रालयद्वारा ५३ औँ अन्तर्रा्ष्ट्रिय साक्षरता एवं ४०औँ शिक्षा दिवसका उपलक्ष्यमा एकसाथ प्रदेशका १०० विद्यालयमा साक्षरता अभियानको ल्यापटपको इन्टर दवाई शुरुआत गरिएको छ । मोरङको बुढीगङ्गा गाउँपालिका–१ स्थित नरग्राम नमुना माध्यमिक विद्यालयको ७१औँ वार्षित्सव एवं अभिभावक दिवसको उपलक्ष्यमा आयोजित कार्यक्रममा मुख्यमन्त्री राईले अभियानको शुरुआत गरेका हुन् ।

मन्त्रालयको दुई करोड, स्थानीय निकाय, इक्वालीट फाउडेशन अमेरिका, युनाइटेड बल्र्ड स्कुल र रोटरी क्लब इन्टरनेशनलको सहयोगमा अभियान सञ्चालन गरिएको बताइएको छ । आगामी दिनमा प्रदेशका एक हजार २०० सामुदायिक विद्यालय डिजिटल साक्षरता अभियानमा आबद्ध गरिने भएको छ ।

सो अवसरमा मुख्यमन्त्री राईले प्रदेश सरकारको नीति तथा कार्यक्रम र बजेटमा उल्लेख भएअनुरुप ‘डिजिटल प्रदेश’को सपनालाई अभियानले साकार पार्नेे बताए । उनले सूचना प्रविधिको शिक्षाबाट मुलुकमा दक्ष जनशक्ति उत्पादन भई विदेशी बजारमा प्रतिस्पर्धा गर्न सक्षम हुनुका साथै ‘समृद्ध नेपाल, सुखी नेपाली’को नाराले सार्थकता पाउने समेत धारणा राखे ।

नेपालमा पहिलो पटक प्रदेश नम्बर १ सरकारले शुरु गरेको अभियानले अन्य प्रदेशलाई समेत प्रेरणा मिल्ने उनले विश्वास व्यक्त गरे । मुख्यमन्त्री राईले प्रदेशलाई सूचना प्रविधिको केन्द्र वनाउने अभियानलाई सहयोग पु¥याउन आह्वान गर्दै स्वदेशमा नै विदेशस्तरीय पाठ्यक्रमको अध्ययन गर्ने सुविधाले आर्थिक बचत हुने बताए ।

सामाजिक विकासमन्त्री जीवन घिमिरेले आगामी १० वर्षभित्र प्रदेशका सबै विद्यालयमा झोला र किताब विस्थापित गर्ने उल्लेख गर्दै सबै विद्यालयमा ई–शिक्षा सफल बनाउन सबैको सहयोग आवश्यक रहेकामा जोड दिए । सांसद अमनलाल मोदी, सामाजिक विकास समितिका सभापति सरिता खड्का र विद्यालयका प्रधानाध्यापक भिमबहादुर बस्नेत लगायतले नयाँ सोचले प्रदेशलाई ‘प्रविधि मैत्री’ बनाउन सहयोग पुगेको धारणा व्यक्त गरेका थिए ।

सोही अवसरमा शैक्षिक वर्ष २०७५ मा उत्कृष्ट कार्य सम्पादन गर्ने प्रदेशका प्रत्येक जिल्लाका एक/एक गरी १४ सामुदायिक विद्यालय, १४ सामुदायिक सिकाइ केन्द्रलाई रु दुई लाख र १४ संस्थागत विद्यालयलाई रु एक लाख नगद प्रदानसहित सम्मान गरिएको थियो ।

सम्बन्धित खवर