धर्म आत्माबाट बुझ्नु पर्छ - Mangsebung News
  • बुधबार, मङि्सर २६, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

धर्म आत्माबाट बुझ्नु पर्छ


(वि. स. २०५७ मंसिर १९ गते इलामको माङसेबुङमा मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङ द्धारा गरिएको धर्मोपदेशको अंश ः)

….. अहंकार, क्रोध, घमण्डबाट तपाईहरु टाढिनु प¥यो । सत् विचार सत्तमार्गमा हिंड्नोस र आफ्नो भाषा, साहित्य, धर्मको खोजी गर्नुहोस् । ज्ञानको तत्व खोज्नुहोस । धर्म भनेको भित्र आत्माबाट बुझ्नु सक्नुपर्छ । हाम्रो शरीर तागेरा निङ्वाभूमाङको हो । मनमा अहिले सम्झिन्छौं, अहिले जान्छ, अहिले त्यहाँ पुग्छ । त्यसको नाम तागेरा निङ्वाभू माङ हो । तागेरा निङ्वाभूमाङको सृष्टि भएकोले हामीले हाम्रो आत्मामा असल कुरा मात्र राख्नुपर्छ ।

तपाईहरुलाई घरी घरी बोलाएर निर्देशन दिने गरिएको छ । यो तपाईहरुकै निम्ति हो । किनभने समाजमा जुन कुरीति, कुसंस्कार छ त्यसलाई छोड्नुपर्छ । इष्ट देवता माङ्हाङ् मान्ने परम्परा छ । माङ भनेको ईश्वर हो । माङको सेवा, हाङको सेवा गर्दा रक्तपात गर्नु हुँदैन, जीव हत्या गर्नु हुँदैन । हामीले जीव हत्या ग¥यौं भने कहिल्यै पार तरिन्दैन । अरुलाई अपराध चिताउनु हुँदैन र जर्बजस्ती आईलाग्यो भने भाग्नु पनि हुँदैन । सबैप्रति माया राख्नुपर्छ । दया राख्नुपर्छ । प्रेमभाव राख्नुपर्छ, सद्भाव राख्नुपर्छ । यो चलन सिक्नोस् । हामी धर्म त मान्न चाहन्छौं तर धर्म मान्ने तरिकाहरु जानेका छैनौं । के गर्दा धर्म र के गर्दा पाप हुन्छ । पहिचान गर्न सक्नुपर्छ । हामीले मृत्यु कार्यमा जीव हत्या गरेर शुद्ध संख्ये गर्ने चलन छोड्नु पर्छ । हामीले फूल अक्षता राखेर साम्जिक मुन्धुमको मन्त्र वाचन गरेर मुक्ति दिनुपर्छ ।

विवाह गर्दा राँगा, सँुगुर काट्नु हुँदैन, धेरै खर्च गर्नु हुँदैन । हाम्रोमा कस्तो अहंकार छ भने म त धेरै गर्छु । मेरो इष्टमित्रहरुलाई धेरै ख्वाएर खुशी पार्छु भन्ने छ । तर, हाम्रो समाजमा धेरै ख्वाएर उ खुशी हुँदैन । जति खुवाए पनि खुशी हुँदैन । एक चोक्टा पुगेन भन्दै गरेको हुन्छ । त्यसैले राँगा, खसी काटेर विवाह गर्ने चलनलाई छोड्नुपर्छ । फूल फलेदोसँग विवाह लगन गर्ने मुन्धुम पढेर माङसेवा गरी आशिर्वाद मागी दिंदा काफी पुग्छ । हाम्रो समाजमा राँगा काटेर ऋण पर्छन्, बोलाएकाहरु पनि सन्तुष्ट हुँदैनन् । हाम्रो समाजमा राक्षसी संस्कार छ जसबाट टाढा हुनुहोस् । सात्विक संस्कार पक्डिनु होस । गच्छे अनुसारको संस्कार गर्नुहोस् । हामी कुसंस्कारमा डुबेर बसेका छौं । यसैको लागि व्युझाउने काम, घच्घचाउने काम घरी घरी गरिराखेको छु ।

विवाहको लगन गर्दा भोगी रीतमा एक जोडी कुखुरा चाहिन्छ । त्यसले दुनियाँमा भएको फोहोर मैला जम्मा गरेर खाएको हुन्छ अनि त्यहीँ नै फेदाङबाले लगन खःमा त गर्ने प¥यो । हाम्रो मुन्धुमले दिए कै हो । लगन खःमा गरेपछि त्यसको ढाडमा कुटिन्छ, कुटेपछि त्यसले छाद्छ । वाबक्वा च्वा भन्छ, त्यसमा दिसा पिसाव सबै छाद्छ र त्यो बेहुला बेहुलीलाई खुवाउँछन् । हामीले हाम्रो आफ्नो दिसा खान्छौं । र, हाम्रो दिमागमा प्रतिदिन अध्याँरोले छोपेर लगेको हुनाले ठूला ठूला युग पुरुष, मुहिङ्गुम अङ्सीमाङहरुले यो कर्म नगर्नु भनेर मनुष्य जातिमा चेतना आवोस् भनेर दिन प्रतिदिन ज्ञान दिइरहेको हुन्छ । मैले पनि त्यहीँनै तपाईहरुलाई सजिलो प्रकारले दिन खोजेको हुँ ।

कुन ईश्वर मान्छौं भन्दा युमा साम, थेबासाम, सुम्निमा–पारुहाङ मान्छौं भन्छौं भन्दा काफी पुग्छ । हाम्रो इष्ट देवता त्यो हो । हाम्रो मुन्धुमले युमासाम, थेबासाम थेप्मा भन्छ त्यो थेम्मा गर्दा भोगी रीतमा सँुगुर चाहिन्छ । पाइखाना हुँदैन, त्यसले फोहोर मैला खाएको हुन्छ, थुतुना धुन लाउँछ । एकछिन सफा गर्न लाउँछ अनि भरै पूजाको नाममा लहै आदाङ्मे भनेर चढाउने हाम्रो चलन छ । यिनीहरुलाई हामीले सुधार्नु पर्छ । त्यसको बदला फूल फलेदो, नैवेध, धुपवत्तिले युमा साम्माङ, थेबा साम्माङ, हिम माङलाई पूजा गर्नुपर्छ । रक्तपातबाट मुक्ति हुनुपर्छ । यो हामी सबैले छोड्यौं भने विकास भएर आउँछ, स्वर्गमा आफसेआफ पुग्छौं ।

हाम्रो विजुवा, फेजुकेन फेदाङबा, साम्बा, मुन्धुमसाँबा माङपाहरुलाई म के अनुरोध गर्छु भने तपाईहरुको थानमानमा सुँगुर नकाट्नोस, कुखुरा नकाट्नोस त्यसको साटो फूल फलेदोले चिन्ता गर्नोस् ।
क्रमशः अर्को अंकमा

सम्बन्धित खवर