नेपाल ओलम्पिक कमिटीको अध्यक्षमा जीवनराम श्रेष्ठ विजयी - Mangsebung News
  • बिहिबार, बैशाख १३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

नेपाल ओलम्पिक कमिटीको अध्यक्षमा जीवनराम श्रेष्ठ विजयी


भदौ २८, २०७६ काठमाडौं / नेपाल ओलम्पिक कमिटीको अध्यक्षमा जीवनराम श्रेष्ठ विजयी भएका छन् ।

सातदोबाटो स्थित कार्यालय परिसरमा शनिबार भएको नेपाल ओलम्पिक कमिटीको निर्वाचनमा श्रेष्ठ दोस्रो कार्यकालका लागि १७ मत सहित निर्वाचित भएका छन् ।

उनले कूल २७ मतमध्ये १७ मत प्राप्त गरेका थिए । उनका प्रतिद्वन्द्वी उमेशलाल श्रेष्ठले १० मत प्राप्त गरे । श्रेष्ठको यो दोस्रो कार्यकाल हो । अन्तराष्ट्रिय ओलम्पिक कमिटी र ओलम्पिक काउन्सिल अफ एशियाका प्रतिनिधिको रोहवरमा अध्यक्षसहित १९ सदस्यीय पदाधिकारी निर्वाचन भएको हो । अन्य पदाधिकारीको मतगणना जारी छ ।

नवनिर्वाचित अध्यक्ष श्रेष्ठले कमिटीको स्वायत्ततालाई प्रभावकारीरुपमा अगाडि बढाउने, नेपालमा आसन्न साउथ एशियन खेललाई सफल बनाउन भूमिका निर्वाह गर्ने आदि प्रतिबद्धता व्यक्त गरेका छन् । श्रेष्ठ काठमाडौं निर्वाचन क्षेत्र नम्बर ८ बाट प्रतिनिधिसभा सदस्य पनि हुन् ।

सम्बन्धित खवर