कविता तङसीङ भब्यरुपमा सम्पन्न - Mangsebung News
  • सोमबार, जेठ ०७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

कविता तङसीङ भब्यरुपमा सम्पन्न


काठमाडौं, २९ भदौ । लिम्बू लेखकहरुको साझा संस्था याक्थुङ लेखक संघ उपत्यका समितिले ‘कविता तङ्सिङ् –२०७६’ सम्पन्न गरेको छ । राष्ट्रिय नाचघर जमल, काठमाडौं २३ कविहरुले संगीत भरेर लिम्बुवानी इतिहास तथा कला संस्कृतिमा आधारित पहिचानवादी कविता वाचन गरेका थिए ।

संगीतको धुन कविता तङसिङमा झुमा लिम्बुको रैथाने सङ्गीत समूह र ब्लिस म्युजिकले प्रत्येक कविताको भावअनुसार संगीत भरेका हुन् ।

लिम्बू जातिको मुख्य अनुष्ठान ‘तङ्सिङ्’लाई आधार मानेर कविता तङ्सिङ्–२०७६ मा कविहरु हाङयुग अज्ञात, धर्मेन्द्र नेम्बाङ, प्रकाश थाम्सुहाङ, मुनाराज शेर्मा, अप्सरा लावती, प्रकाश आङ्देम्बे, राज माङ्लाक, बिमला तुम्खेवा, स्वप्निल स्मृति, सुन्दर कुरुप, प्रदीप मेन्याङ्बो, चन्द्रवीर तुम्बापो, देवेन्द्र सुर्केली, संगम सुहाङ, साङ्सेन वारक, मधु केरुङ, विष्णु नेम्बाङ, रञ्जना लिङ्देन, उत्तम लिम्बु, रोहित आङबो, सीता तुम्खेवा, सनि लिम्बु र बच्चु हिमांशुले बेजोड प्रस्तुति दिएका थिए ।


कार्यक्रमले तुम्याहाङको रुपमा बैरागी काइँला, बालकृष्ण माबुहाङ, येहाङ लावती, अभि सुबेदी, श्रवण मुकारुङ, योगराज वनेम, इन्दिरा याक्थुङ्बा, अमर तुम्याहाङ, निरन्ती तुम्बापोलाई आफ्नो तङसीङमा उभ्याएको थियो ।

ज्ञानोदय बालबाटिका स्कूल, ललितपुर, इतर आवाज साहित्य समाज, दक्षिण कोरिया र याक्थुङ लेखक संघ, दक्षिण कोरिया समितिको सहप्रायोजन, कलाकार नरेन्द्र सेन्दाङ, साहित्यकार सुजन सिरेङ चोङबाङ, साहित्यकार दीलिप बान्तवाले कार्यक्रमको लागि प्रायोजन रहेको कविता तङ्सिङ् –२०७६ यसै वर्ष याक्थुङ लेखक संघ, उपत्यका समिति गठनपछि आयोजित पहिलो कार्यक्रम हो ।

कविता तङ्सिङलाई निरन्तर लैजाने तथा विभिन्न जिल्ला तथा विदेशमा पनि हुनसक्ने आयोजक याक्थुङ लेखक सङ्घ उपत्यकाका अध्यक्ष विष्णु नेम्बाङले बताए ।

सम्बन्धित खवर