यासेलीलाई किरात याक्थुङ चुम्लुङ युएईको एक लाख ९६ हजार नौ सय ४७ सहयोग - Mangsebung News
  • शनिबार, साउन १२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

यासेलीलाई किरात याक्थुङ चुम्लुङ युएईको एक लाख ९६ हजार नौ सय ४७ सहयोग


२०७६ भदौं २९ दमक/ किरात याक्थुङ चुम्लुङ युएईले दीर्घ रोगी यासेली योङहाङलाई रु. एक लाख ९६ हाजर नौ सय ४७ सहयोग गरेको छ ।

किरात याक्थुङ चुम्लुङका केन्द्रीय महासचिव निरन्ती तुम्बापोले युएइबाट संकलित रकम विरामी योङहाङलाई माङसेबुङ न्युजको रोहबरमा याक्थुङ चुम्लुङको केन्द्रीय कार्यलयमा हस्तान्तरण गरेकी हुन् ।

पान्थर जिल्ला याङवरक गाउँपालिका–६, मा जन्मनु भएका भिमप्रसाद (यासेली) योङहाङ विगत १६ बर्षदेखि दिर्घ रोगीको रुपमा मृगौला, फोक्सो, ब्रेन र मुटुमा भएको गम्भीर समस्यासंग जुधी रहेका छन् उपचार गर्न लाग्ने आर्थिक रकमको मात्रा ठुलो भएको र निजी श्रोतले धान्न नसक्ने भएकोले उहाँको उपचारार्थ सहयोगको पहल किरात याक्थुङ चुम्लुङ केन्द्रीय समितिले गरिरहेको पनि महासचिव तुम्बापोले बताएकी छिन् ।

काठमाण्डौमा रहेर विशेषत किरात याक्थुङ जातिका लागि भाषा, धर्म, संस्कार, संस्कृति, साहित्य, गीत, संगीत, मुन्धुम आदिमा योगदान दिदैआउनु भएका ४५ बर्षीय योङहाङ चुम्लुङका केन्द्रीय सचिव पनि हुन् ।

सम्बन्धित खवर