लागेका नाम्गेका तागेरा निङवाभुमाङगेका सेक्खा याम आयाम्गेका हिबा हा?ले निसु हा?ले थासुआङबे ? भावार्थ चन्द्र सूर्य घुमे जसरी तागेरा निङवाभुमाङ अदृश्य प्रमात्मा इश्वरीय चक्र सत्य साँचो मेरो जीवनचक्र घुमिरहेको कसले देख्न, थाहा पाउँन सक्छ र ? आर निङवा इक्वा हन्देरो । सक्मा इक्वा हन्देरो । खेम्मा इकवा हन्देरो । पाप्मा इकवा हन्देरो । तुम्मा इकवा हन्देरो । निमा इकवा हन्देरो । खेम्मा इकवा हन्देरो । भावार्थ अब चिन्तन मनन, सोचविचार गर्ने बुद्धि विवेकको ढोका खुल्यो हंै । युगौदेखि कुण्ठित भएको विचार भावनाहरु अभिव्यक्त गर्नलाई श्वास फेर्न पाउँने ढोका खुल्यो है । सभा सम्मेलन चुम्लुङहरुमा भेटघाट गरेर विचार आदान प्रदान गर्न पाउँने ढोका खुल्यो हैं । बोल्न लेख्न पाउँने प्रेस वाक स्वतन्त्रताको ढोका खुल्यो है । गुरु उपदेश तथा नेतागणको प्रवचन र भाषण सुन्ने बुझ्ने ढोका खुल्यो हैं । यी सबै कुराहरु देख्न पाउँने ढोका खुल्यो हैं ।
महागुरु फाल्गुनन्दको उल्लेखित (सिवाखाहुन) उपदेश तथा भविष्यवाणीहरुलाई सुक्ष्म रुपले अध्ययन गर्ने हो भने चाहे त्यो विश्व सन्दर्भमा होस चाहे नेपालको सन्दर्भमा मात्र होस वर्तमान अवस्थामा पुग्दै आएको अवस्था छ ।यी भविष्य सूचक (सिवाखाहुन) उपदेश तथा भविष्यवाणीहरु महागुरु फाल्गुनन्दले वि.सं. १९८५ साल देखि २००५ सालसम्म पटक–पटक भन्दै आउँनु भएको थियो । नेपालको सन्दर्भमा मात्र कुरा गर्दा पनि वि.सं. १९०३ सालमा जंगबहादुर राणाको उदयसँगै प्रदुर्भाव भएको इतिहासकै कुरुप एकतान्त्रिक जहानीय राणा सरकार २००७ सालमा अन्त हुनु, २००७ सालमा स्थापीत प्रजातान्त्रिक व्यवस्था २०१७ सालमा राजा महेन्द्रबाट निमोठिनु र पञ्चायती व्यवस्था लागू हुनु एंब रीतले २०४६ सालमा नेपाली कांग्रेसको अगुवाईमा जनआन्दोलन हुनु र त्यसबाट पुनः प्रजातान्त्रिक व्यवस्था स्थापित हुनुलाई लागेका नाम्गेका, तागेरा निङवाभु माङगेका दिव्य –चक्रको एउटा पाटोको रुपमा बुझ्नु सत्यपरक हुनेछ । यसबाट सदियांै वर्ष देखि कुण्ठित रहेको प्रेस स्वतन्त्रता, वाक स्वतन्त्रता, धार्मिक स्वतन्त्रता, सामाजिक संघ संस्था, राजनीतिक पार्टी खोल्ने, संगठन विस्तार गर्न पाउँने स्वतन्त्रताहरु प्राप्त भएको छ ।
यो ऐतिहासिक घटनालाई महागुरु फाल्गुनन्दको भाषामा निमा खेम्मा, पाप्मा, साम्मा, तुम्मा, इकवा हन्देरो । अर्थातः देख्ने, सुन्ने, बोल्ने, लेख्ने, भेट्ने आदि ढोकाहरु खुलेको भन्नु भएको छ । जुन स्वतनत्रताहरु हिजोसम्म पूर्णरुपतामा बन्द रहेको थियो । त्यसरी नै २०६२/०६३ को ऐतिहासिक जनआन्दोलनको परिणाम स्वरुप २४० वर्षे शाहवंशीय एकात्मक राजतन्त्रको उन्मुलन भई मुलुक संघीय गणतन्त्र नेपाल बन्यो । यो नेपाली राजनीतिक इतिहासमा अर्को ऐतिहासिक घटना थियो । यसबाट अझ संविधान सभा, संघीयता, धर्म निरपेक्षता, स्थानीय स्वशासन जस्ता एजेण्डाहरुले राष्ट्रिय राजनीतिमा चर्को बहस पाउँन थाल्यो । अन्तत दोस्रो संविधान सभाबाट बनेको संविधान २०७२ ले यी एजेण्डाहरुलाई सम्मान जनक स्थान दियो ।
सरकार अहिले यसैको कार्यान्वयनको चरणमा रहेको छ । महागुरु फाल्गुनन्दको भाषामा भन्ने हो भने आबुला फोक्वा सा अर्थात कर्मले पछि परेका कान्छा पुत्र (आदिवासी) हरु कहिल्यै पनि केन्द्रीकृत सरकारको निर्णायक तहमा पुग्न नसकेपछि केन्द्रीकृत शक्तिलाई विकेन्द्रीकरणको (सिद्धान्त) माध्यमबाट प्रदेश सरकार हँुदै स्थानीय निकाय (सरकार) सम्म राज्यको शक्ति आई पुगेको अवस्था छ अहिले । निर्वाचनताका समयमा सिंहदरबारको अधिकार जनताको घरघरमा भन्ने लोकप्रिय एवं जनमुखी नारा धन्किएकै पनि हो । जनताको घर–घरमा सिंहदरबारको अधिकार के कति आई पुगेको छ ? भन्ने प्रश्न छुट्टै विषय हो । तर, केही मात्रामा भएपनि स्थानीय निकायमा सिंहदरबारको अधिकार आएको सत्य हो ।
यसले कहिल्यै पनि निर्णायक तहमा पुग्न नसकेका लाखौ आबुला फोक्वा सा जनताको छोराछोरीहरुलाई आफूले चुनेका प्रतिनिधि स्थानीय सरकार प्रमुख समक्ष बिना डर धाक, बिना संकोच आफ्नो समस्याहरु प्रस्तुत गर्न सक्ने वातावरण बनेको छ भने तिनै आबुला फोक्वा सा लाखौ जनताको छोराछोरीहरुले स्थानीय सरकारको नेतृत्व गर्ने अवसर प्राप्त गरेका छन् । यो अवसर कुशल नेतृत्व अभ्यासको लागि महत्वपूर्ण अवसर पनि हो । आजको यो कुशल अभ्यासले नै सिंहदरवार पुग्ने सिंढी (भ¥याङ) बन्ने हुन कि ।
स्थानीय सरकार मार्फत लोपोन्मुख धर्म, संस्कृति, भाषा, लिपि साहित्य कला आदिको संरक्षण तथा प्रबद्र्धनका लागि बजेटिङ भई रहेको अवस्था छ । यी आमुल परिवर्तनहरुलाई माङगेन्ना दिव्य चक्रको अर्कोे पाटोको रुपमा बुझनु सत्य हुनेछ । सिवाखाहुन उपदेश दिनेक्रममा महागुरु फाल्गुनन्दले भन्नु भएको छ, आबुला फोक्वा सान् हिनी साम्मादिङ माङलक्किन तान्दी नाम्गेत्–थाङगेत् पिसाङनु तारो अर्थात मेरा अनाथ कान्छा पुत्र (शोषित पीडित आदिवासी) हरु हो । तिमीहरुको दिव्य भाग्यपछि पुर्व उतर दिशाबाट उठाउँछ है भन्नु भएको छ । वास्तवमा उल्लेखित आमुल परिवर्तनकारी राजनीतिक विचार (सिद्धान्त) हरु पूर्वबाट नभए पनि उत्तरबाट माओवाद नाम लिएर नेपालमा आएकै हो । के माओवादीको जन्म नभएको भए संघीय गणतन्त्र नेपाल सरकार सम्भव हुने थियो ? आजका यी यावत परिवर्तन उपलब्धीहरुमा माओवादीको योगदान रहेको छ । महागुरु फाल्गुनन्दले तागेरा निङवाभु माङगेका दिव्य चक्र मात्र भन्नु भएको छैन, बरु सेक्खा आयाम्गेका सत्य साँचो मेरो जिवन चक्र समेत भन्नु भएको छ । यो दिब्य वाक्यले यो ब्रहमाण्ड नै मेरो जीवन हो भनेको प्रष्ट हुन्छ ।
महागुरु फाल्गुनन्दले भन्नु भएको छ, आर इङगा वासा फाक्सा चासे था लाक्सी थुङसे सुन्आबा तुक्इबा हारो पोकारो । अर्थात अब म कुखुरा संगुरको मासु खान, जाँड रक्सी पिउन तीनडोरि छडोरी लगाउनेहरु कहाँ जाँदैछु हैं । आज हेर्नुस, कथित उपल्लो जातका (ब्राहमण, क्षेत्री) युवापुस्ताले भुत्लेसागको नाममा कुखुराको मासु, नरमचनाको नाममा सुगुरको मासु र संलो पानीको नाममा रक्सी धमाधम खान थालेका छन । हिज सत्तासीन वर्गले आफ्नो धर्म, संस्कृति, भाषा, लिपि मान्न, मनाउन कानून बनाएर जबरजस्ति गरेको इतिहास सिद्ध छ । तर, आजका यी पुस्तालाई जाड रक्सी खानु सुगुर कुखुराको मासु खानुका लागि कसैले पनि जवरजस्ती गरेका छैन् । आफैले राजी खुशीको साथ खान थालेका हुन दोष कसलाई दिने ?
त्यसैगरी नाम्धा पिसाङ नु केभेन्बाल्ले कुजोङ नु कुबान्ओ मेला सेम्मिन्ने खेल्ले कुजङनु कुबान्ओ केलासीगर केमेगीरो । अर्थात पश्चिम दिशाबाट आउँनेको भनाई र गराईमा नलाग्नु त्यसको भनाई र गराईमा लाग्यौ भने समाप्त हुनेछौ भनेर सचेत गराउनु भएको छ महागुरु फाल्गुनन्दले । आज हामीले पश्चिमबाट त्यस्तो खतरानक चिजहरु के के आईरहेका छन् भनेर हे¥यौ भने पश्चिमबाट आएको खस पर्वते भाषाले यहाँको स्थानीय आदिवासीहरुको मातृभाषाहरुलाई खर्लप्पै खाई सिध्याएको छ । थोर बहुत बचेका मातृभाषाहरु पनि पश्चिमबाटै आएको अंग्रेजी भाषाले सेकेण्ड सेकेण्डमा निलिरहेकोछ ।
धार्मिक, सांस्कृतिक क्षेत्रमा पनि उस्तै दशा रहेको छ । युमा, थेबा र हिम्माङको साङभेहरु दिनहुँ जस्तो विस्थापित गरेर त्यसका ठाउँमा प्रभु येशुको प्रतिक क्रुस झुण्ड्याउने क्रमले तिव्रता पाउदै गईरहेको छ । च्याब्रुङ डक्फु मादल जस्ता मौलिक बाजाहरुको आवाजहरु कमजोर बन्दै गएको छ । हिन्दी र अंग्रेजी भाषाका गीतहरुको तालमा कम्मर मर्काउने विदेशी संस्कृतिको नक्कल गर्ने प्रवृतिले तिब्रता पाउदै गएको छ । आफ्ना आफन्त मर्दा आँशु बगाउँदै रुनेहरु जबरजस्ती हास्न सिक्दैछन् । जब मान्छेको (जातिको) पहिचान दिने मूलभुत तत्वहरुनै यसरी दिनानु दिन समाप्त हुँदै गएपछि मान्छेमात्र एक्लै कसरी बाँच्न सक्छ ?
लेखकः रमेश तुम्बापो माङसेबुङ मासिकका स्तम्भकार हुन्