आज दिन भर बर्षा हुने - Mangsebung News
  • शुक्रबार, बैशाख ०७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

आज दिन भर बर्षा हुने


१, असोज, २०७६ काठमाडौं मनसुनी न्यूनचापीय रेखाको पश्चिमी भाग औसत स्थानको आसपासमा रहेकाले अहिले देशका मध्य, पश्चिम र पूर्वी भूभागका धैरैजसो स्थानमा ठूलो पानी परिरहेको छ ।

हिजोदेखि शुरु भएको वर्षा आज दिनभर पनि जारी रहने जल तथा मौसम विज्ञान विभागको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । आज प्रदेश १, २, ३, ५ र ४ को गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा हुने महाशाखाले अनुमान गरेको छ ।

गण्डकी प्रदेशको अधिकांस स्थानमा भारी वर्षा हुने संभावना रहेको छ ।

प्रदेश नं २, ३ र ५ का अधिकांस स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेकाले पहाडी भूभागमा पहिरो जान सक्ने र नारायणी लगायतयका नदीहरुमा पानीको बहाव उच्च हुने भएकाले बाढी पुर्वानुमान शाखाले सचेत रहन आग्रह गरेको छ । यी क्षेत्र भएर बग्ने नदीहरुमा पानीको बहाव बढ्नुका साथै सडक र हवाई यातायातमा समेत अवरोध आउन सक्ने भएकाले सतर्कता अपाउन शाखाले चेतावनी दिएको छ । भारतको मध्य प्रदेशको उत्तर पश्चिमी भागमा र उत्तर प्रदेशको दक्षिण भागमा बनेको न्यूनचापीय रेखा र बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावका करण आज रातीसम्मै देशका धेरैजसो स्थानमा पानी पर्नेछ । बाढी पूर्वानुमान शाखाले आज कोशी, बागमती, नारायणी, पूर्वी राप्ती रिउखोला, आरुण, तिनाउ, बाणगङ्गा मनहरि लोथरखोला, लालबकैयालगायत मकवानपुर, बारा, पर्सा, चितवन, नवलपरासी, रुपन्देही, कपिलवस्तु र दाङ, भई बहने नदीमा बहावले सतर्कता तह पार गर्ने, केहीमा खतरा तह आसपास पुग्न सक्ने भएकाले उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ ।

सम्बन्धित खवर