किड्न्यापबाट संकलित रकम प्रनिसलाई सहयोग गरिने - Mangsebung News
  • शनिबार, बैशाख ०८, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

किड्न्यापबाट संकलित रकम प्रनिसलाई सहयोग गरिने


नोसाङ
२०७६ असोज १ दमक/ डम्बर बहादुर बि. क. ले आफनो मुटुरोगी छोरा प्रनिसलाई बचाउनको लागि आर्थिक सहयोग मागेका छन् । आज दमक पत्रकार मन्चको कार्यलयमा आयोजित पत्रकार सम्मेलनमा डम्बरले छोराको उपचार गर्न घरको आर्थिक अवस्था न्यून भएर खर्च धान्न नसकिएकोले सवैमा सहयोग मागिएको बताए ।

माङसेबुङ गा. पा.–३, लामिटार इलाम निवासी सात बर्षीय प्रनिस हाल दमकमा बस्छ्न । प्रनिस गर्भबाटनै मुटु रोगी भएको र पहिलोपटक ९ महिनाको हुदा अचानक चिच्याउदै रोएपछी धामी देवारिकोमा सिकारी लागेको भनी उपकार गरेको बताए । पछिबाट दमक स्थित आम्दा अस्पतालमा चेक जाँच गर्दा मुटुरोग भएको थहा भएपछी उपचारको क्रममा नोबेल, घोपा हुँदै हाल काठमाडौको गंगालालमा उपचाररत छन् ।

प्रनिसलाइ हेर्दा सामन्य देखिए पनी कहिले स्कुलमा पढ्दा पढ्दै कहिले खेल्दा खेल्दै अचानक बिरामले भेट्ने बिराम लाग्दा एक्कासी चिच्याउदै रुने, छट्पटिने र जिउ लराकलुरुक बएसी बच्चा बिहोस हुन्छ । कहिले आधारातमा छट्पटीदै चिच्याउने गर्छ । कहिले काही नानीको सासै रोकिन्छ, सास फेर्न गाह«ो हुन्छ । प्रनिसलाई उपचार गर्नेक्रममा यसअघी करिब ६ लाख जति बित्तीय संस्था र आफन्तबाट रिऋ लिएर उपचार गरिएको र अहिले छोरो उपचार गर्ने अरुकुनै माध्यम नभएपछी यसरी सर्बसाधारण सवैमा विन्ती गर्नुपरेको प्रनिशका बुबाले बताए ।

प्रनिस बिकको आर्थिक सहयोगका लागि गणेशकुमार लिम्बूद्वारा निर्देशित सट मुभी “किट्न्याप” को च्यारेटी सोबाट संकलित रकम प्रनिशलाई सहयोग गरिने निर्देसक लिम्बुले बताए । पुर्वको इलाम, झापा र सुनसरीको रमणीय स्थानहरुमा खिचिएको सट मुभिमा गणेशकुमार लिम्बू , एलिसा वालिङ राई र दिपक कुमार राईद्वारा अभिनित मुभी छोरीचेली कसरी किट्न्याप हुन्छन भन्ने कथा रहेको मुभी हो । मुभी आगमी शुक्रबार दमक स्थित किरात भवन साथै १ न प्रदेशको विभिन्न स्थानहरुमा प्रदर्शन गरी मुटुरोगी प्रनिसलाइ सहयोग गर्ने दिपक कुमार राइले बताए ।

 

सम्बन्धित खवर