
माङसेबुङ । सञ्चारकर्मी तथा गितकार आन्छुमे नसानको शव्द तथा गायक तथा संगीतकार एकान्त आङदेम्बे लिम्बूको संगीतमा सजिएको पुर्वेली लोक भाका गित ‘तरेमा’ सार्वजनिक गरिएको छ ।
गायिका सुनिता संयक लिम्बू र गायक अम्बिका नुगो लिम्बूको सुमधुर आवाजमा सजिएको पुर्वेली गित ‘तरेमा’ को म्युजिक भिडियो गायक अम्बिका लिम्बूको अफिसियल युट्यूव च्यानल अम्बिका नुगो०२ बाट सार्वजनिक गरिएको हो ।

गोविन्द लिम्बूको निर्देशनमा कमल लिम्बूको मेकअपर सनम तामाङको छायांकन तथा सम्पादन रहेको भिडियोमा अनिता मावो लिम्बू र अम्बिका नुगो लिम्बूले अभिनय गरेका छन् ।
देवेश राईको संगीत संयोजनमा सेवा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गितको मिक्सिङ तथा मास्टरिङ योगेन मुकारुङले गरेका हुन् ।
भिडियोमा पालाम गाउँदै धान नाँच्दा माया वसेको र माया वसेपछि भाका दिएर भेट्ने घरजम गर्ने लिम्बू संस्कृतिलाई उजागर गर्न खोजिएको छ ।
भिडियो हेर्नुहोस…







