जनमुक्ति सेनाबाट यमबहादुर सहायक रथी बने - Mangsebung News
  • शुक्रबार, चैत १६, २०८०
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

जनमुक्ति सेनाबाट यमबहादुर सहायक रथी बने


२०७६ असोज २, काठमाडौं / तत्कालीन नेकपा माओवादीको जनमुक्ति सेनाबाट नेपाली सेनामा समायोजन भएका यमबहादुर अधिकारी प्रतीक्षा सहायक रथी (ब्रिगेडियर जनरल) मा बढुवा भएका छन् ।

सहायक रथीमा बढुवाका लागि लविङ गर्दै आएका उनलाई यसै साता बसेको मन्त्रिपरिषद्को बैठकले सहायक रथीमा बढुवाको निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए ।

अधिकारीले आफूलाई सहायक रथीमा बढुवाका लागि रक्षा मन्त्रालय र जंगी अड्डामा निवेदन दिएका थिए । राजनीतिक दबाब र सेना भित्रको ‘चेनअफ कमाण्ड’ को तनावबीच सरकारले उनलाई सहायक रथीमा बढुवा गरेको हो ।

‘महासेनानी अधिकारीलाई सरकारले सहायक रथी विशेष पद (४ वर्षका लागि) सिर्जना गरी सहायक रथी दर्जामा पदोन्नति गर्ने निर्णय गरेको छ’, बाँस्कोटाले भने । अधिकारीलाई सहायक रथी बनाउन जंगी अड्डाको सिफारिसमा रक्षा मन्त्रालयले मन्त्रीपरिषदमा प्रस्ताव लगेको थियो । शान्ति प्रक्रियाको केही काम अझै टुंगोमा पुग्ने अवस्थामा रहेकाले मनोबल गिर्न नदिन सरकारले यस्तो निर्णय लिएको हो ।

सम्बन्धित खवर