समाजवादीको संविधान संशोधन विषयक अन्तरकृया - Mangsebung News
  • बुधबार, बैशाख १२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

समाजवादीको संविधान संशोधन विषयक अन्तरकृया


३ असोज २०७६, बिराटनगर/ समाजवादी पार्टी १ नम्बर प्रदेश समितिको आयोजनामा संविधान संशिधनको अपरिहार्यता र आवश्यकता विषयक अन्तरकृया कार्यक्रम मोरङको बिराटनगरमा भएको छ ।

अन्तरकृया कार्यक्रममा सहभागी हुन पार्टीका सह अध्यक्ष एवम् सङ्घीय सांसद राजेन्द्र श्रेष्ठ, उपाध्यक्ष युबराज कार्की, सचिव परशुराम बस्नेत, प्रदेश सांसदहरु जयराम यादव, आर. सी. तुम्बा, राधा थापा, केन्द्रीय सदस्यहरु, प्रदेश सदस्यहरु र कार्यकर्ताहरुको सहभागिता रहेको छ ।

समाजवादी पार्टीले संविधान दिवसमा दिपावली वा कालो दिवस कुनै औपचारिक कार्यक्रम र विरोधको कार्यक्रम नगर्ने नीति लिएको छ ।

उसले संविधान जारी भएको असोज ३ गतेलाई संविधान संशोधनको मुद्दामा केन्दृत रहेर देशका ७ वटा प्रदेश राजधानीहरुमा संविधान संशोधनको अपरिहार्यता र आवश्यकता विषयक अन्तरकृया कार्यक्रम गर्ने निर्णय गरेको हो ।

१ नम्बर प्रदेशका अतिरिक्त जनकपुर, काठमान्डौ, पोखरा लगायत प्रदेश राजधानीहरुमा पार्टीको घोषित कार्यक्रम जारी रहेको समाजवादी पार्टी १ नम्बर प्रदेश अध्यक्ष प्रवीण चाम्लिङले बताए ।

संविधानमा प्राप्त लोकतन्त्र, गणतन्त्र, सङ्घीयता, धर्म निरपेक्षता लगायत उपलव्धिलाई संस्थागत गर्दै पहिचानमा आधारित सङ्घीयता, समावेशीता, समानुपातिक प्रतिनिधित्वलाई ग्यारेन्टी गर्न मध्यमार्गी बाटो अपनाइएको अध्यक्ष चाम्लिङको भनाई छ ।

सम्बन्धित खवर