हवाई इन्धनमा र ग्यासको मुल्य घट्यो - Mangsebung News
  • मङ्गलबार, बैशाख ११, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

हवाई इन्धनमा र ग्यासको मुल्य घट्यो


काठमाण्डौ / नेपाल आयल निगमले हवाई इन्धन र एलपी ग्यासको मूल्य घटाएको छ । निगमले अन्तराष्ट्रिय उडानतर्फको हवाई इन्धनमा प्रतिकिलोलिटर ५० अमेरिकी डलर र ग्यासमा प्रतिसिलिण्डर रु २५ घटाएको हो ।

मूल्य घटेपछि अन्तर्रा्ष्ट्रिय उडानतर्फको हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर एक हजार अमेरिकी डलर कायम गरिएको छ । ग्यासको मूल्य प्रतिसिलिण्डर रु एक हजार ३५० कायम भएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए । डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य भने निगमले भारतबाट पाइपलाइनबाट इन्धन भित्र्याउन शुरु गरेकै दिन प्रतिलिटर दुई रुपैयाँले घटाएई सकेको छ ।

सम्बन्धित खवर