इलाम साहित्य महोत्सव भब्य रुपमा सम्पन्न - Mangsebung News
  • शनिबार, साउन १२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

इलाम साहित्य महोत्सव भब्य रुपमा सम्पन्न

नाेसाङ

इलाम/पर्यटनका लागि साहित्य भन्ने मुल नाराकसाथ आयोजित इलाम साहित्य महोत्सव २०७६ भब्यताका साथ सम्पन्न भएको छ ।

पुर्व सभामुख नेकपा नेता सुबास चन्द्र नेम्बाङले इलाम साहित्य महोत्सवको सभा बिसर्जनलाई सम्बोधन गर्दै अब परिवर्तनका लागि आन्दोलनको आवश्यकता नरहेको बताए । यसै क्रममा समालोचक खगेन्द्र संग्रौलाको लेखको विषय बस्तु आफू नभएको बेला पढ्न सारैनै मजाहुन्छ । त्यसैले संग्रौलाको लेखको विषय बस्तु आफू नहुनेमा कामना समेत गरे ।

इलामको गौतम बुद्ध सभागृहमा असोज ३ देखि ४ गतेसम्म सञ्चालन भएको साहित्य महोत्सबको पहिलो दिन प्रा. डा. सन्जिब उप्रेतिको मुख्य सम्भासणपछि चार विभिन्न विषयमा समालोचनात्मक कार्यक्रम साथै साँझ व्यापक काव्य वाचन भएको थियो ।
तपसिल बमोजिम समालोचना भएको थियो ।
१) शीर्षक सत्ता कि. प्रतिपक्षी ? समालोचक श्रवण मुकारुङ, मोमिल जोसी, मनु मन्जिल सहजकर्ता विमल वैद्य । कबिता
२) शीर्षक अ मा अल्झिएको इलाममा समालोचकहरु युद्ध प्रसाद वैद्य, महेश बस्नेत, राजेन्द्र बराल सहजकर्ता केदार शर्मा इलाम र
३) शिर्षक मानकमाथि प्रस्नमा समालोचकहरु राजन मुकारुङ, मिश्र बैजयन्ती, उज्वल भटराइ सहजकर्ता महेश पौडेल बिचार
४) शीर्षक किन बिक्न छोड्यो ? मा समालोचक प्रेम ओझा, प्रकाश बुडाथोकी, बीना थिङ सहजकर्ता बालिका थपलिया विधा आख्यान
५) शीर्षक करोड क्लव र अफवाह समालोचकहरु दयाहाङ राइ, अनुप सुवेदी ब्रजेस, सहजकर्ता अन्वेश थुलुङ विधा सिनेमा

काब्या वाचनबाट सुरुवात भएको दोस्रो दिनको कार्यक्रममा आठ बिभिन्न शीर्षकमा बिमर्श भएको थियो ।

समालोचना १) शीर्षक पर्यटनको आयाम समालोचक हरिचन्द्र राई, केशब धौराली डा. देबि छेत्री दुलाल सहजकर्ता धर्म गौतम बिधा पर्यटन
२) शिर्षक निर्माणको जिम्मा समालोचकहरु सुरेस नेम्बाङ, रबि सिंह र दिपक गौतम सहजकर्ता सन्तोष नेम्बाङ विधा बिचार
३) शिर्षक सिनेमाको सन्देश समालोचकहरु प्रकाश आङदेम्बे र सहजकर्ता सुरेन्द्र राई विधा सिनेमा
४) शिर्षक पछिल्लो साहित्यिक आन्दोलनहरु समालोचनामा मुक्त पुस्ता, फरक आयाम र कुकुर कबिता सहजकर्ता मुनाराज सेर्म विधा साहित्य
५) शिर्षक नेपाली साहित्यमा मुन्धुम र मुन्दुम समालोचकहरु भुपाल राई र धर्मेन्द्र विक्रम नेम्बाङ सहजकर्ता गणेश कुमार राई
६) शिर्षक गीतको दुख समालोचकहरु कोमल निरौला , गुरुङ सुसान्त र चन्द्र घिमिरे सहाजकर्ता युबिर चेम्जोङ विधा विचार
७) शिर्षक अधिकारको पेवा समालोचकहरु जेवि बिस्वकर्मा, सीमा आभास, कृष्ण धाराबासी सहजकर्ता समिरबाबु कटेल विधा विचार
८) शिर्षक के गणतन्त्र खतरामा छ ? बिस्वप्रकाश सर्मा र खगेन्द्र संग्राउला सहजकर्ता वसन्त बस्नेत विधा राजनीति
इलाम साहित्य समाजको आयोजनाम सम्पन्न साहित्यिक महोत्सव कार्यक्रम सन्चालन सचिब रोसन राइले गरेका थिए । सभाध्यक्षता प्रकाश थामसुहाङले गरेका थिए ।

सम्बन्धित खवर