देउमानलाई दूई लाख ४२ हजार नौ सय ३९ आथिर्क सहयोग - Mangsebung News
  • शनिबार, साउन १२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

देउमानलाई दूई लाख ४२ हजार नौ सय ३९ आथिर्क सहयोग

आन्छुमे नसान
२०७६ असोज ०६ दमक/बिगत लामो बर्ष यता फोक्सोमा समस्या देखिएपछि भारतको दिल्लीमा उपचारको क्रममा डाईलाईसिस गराइरहेका बिरामी कलाकार देउमान केरुङलाई केरुङ उत्थान मञ्च प्रबस कार्य समितिले दूई लाख ४२ हजार नौ सय ३९ आथिक सहयोग गरेको छ ।

याक्थुङ प्रज्ञा प्रतिष्ठानका कुलपति राजेन्द्र कुमार जबेगुको प्रमुख आतिथ्यमा सम्पन्न एक कार्यक्रम बीच लिम्बु मायालु कान्छा (बिराज केरुङ युएई), ज्ञान याक्खा (साउथ अफ्रिका सेल्सेस) को संयोजनमा र सोमा तुम्बाहाङ (हङकङ), शर्मिला लिम्बु (हङकङ), संगीता आङथुपो (इजरायल) को सह–संयोजनमा संकलित रकम विरामी केरुङलाई नुनाम केरुङको सहजिकरणमा हस्तान्तरण गरेको हो ।

पान्थर जिल्ला फालेलुङ गाउँपालिका–३, मा जन्मनु भएका देउमान केरुङलाई लाखौं मध्येमा एक जनालाई मात्र लाग्ने रोग भनिएको रोग बाट ग्रसित फोक्सो डाईलाईसिस गरिरहनु पर्ने र जुन नेपालमा नभएर भारतको दिल्लीमा गर्नु पर्ने भएकोले उपचार गर्न लाग्ने आर्थिक रकमको मात्रा ठुलो भएको र निजी श्रोतले धान्न नसक्ने भएकाले उहाँको उपचारार्थ सहयोगको पहल गरिरहेको र सो अनुरुप सहयोग जुटिरहेको साथै संकलित सहयोग हष्तानतरण गरिएको र फेरि पनि निरन्तर सहयोगको अपिल गरिएको नेपालबाट सहजिकरण गरिरहेका नुनाम केरुङले बताए ।

केरुङ उत्थान मञ्च प्रबास कार्य समितिले आयोजना गरेको सहयोग हस्तानतरण कार्यक्रम मन कुमार केरुङको अध्यक्षतामा सम्पन्न भएको थियो ।

सम्बन्धित खवर