तालेवानी नेताहरुको टोली चिनमा - Mangsebung News
  • शुक्रबार, बैशाख १४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

तालेवानी नेताहरुको टोली चिनमा


बेइजिङ/ तालिबानी नेताहरुको एक टोलीले चिनियाँ अधिकारीहरुसँग भेटवार्ता गरेको छ ।

अफगानिस्तानमा शान्ति वार्ताका लागि छलफल गर्न भन्दै उनीहरु बेइजिङ पुगेका हुन् । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले वार्ता स्थगित गरेको दुई सातापछि तालिबानी टोली चीन पुगेको हो ।

अघिल्लो वर्ष अक्टोबरमा सुरु भएको वार्ताको श्रृंखला रोकिएको छ । सोमबार चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता जेङ सुहाङले तालिबानीसँग कुराकानी भएको र अफगानिस्तानमा शान्ति वार्ताको प्रक्रियाबारे धारणा साटासाट गरेको बताए ।
कतारस्थित तालिबानी प्रवक्ता सुहेल साहिनले उक्त टोलीमा ९ जना सदस्य रहेको जानकारी दिएका छन् । मुल्लाह बरादरको नेतृत्वमा रहेको उक्त टोलीले पनि बेइजिङमा देङ छिजुङसँग भेटवार्ता गरेको जनाए ।

सम्बन्धित खवर