ह्याकरले फेरि लुट्यो बैंकको दुई करोड - Mangsebung News
  • शुक्रबार, बैशाख १४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

ह्याकरले फेरि लुट्यो बैंकको दुई करोड


काठमाडौं / कृषि विकास बैंकको करिब २ करोड रुपैयाँ ह्याक गरी रकम निकाल्दा–निकाल्दै नेपाल प्रहरीले तीन जना ह्याकरलाई काठमाडौंबाट पक्राउ गरेको छ ।

उनीहरुलाई मंगलबार काठमाडौंबाट पक्राउ गरेको हो । उनीहरुले बैंकको सिरहा शाखाबाट काठमाडौं ट्रान्सफर गरिएको लुट्न लाग्दा नियन्त्रणमा लिइएको बताइएको छ ।

प्रहरीले पक्राउ परेकाहरुको नाम गोप्य राखेको छ भने कसरी ह्याक गरी रकम निकालियोे भन्नेबारे पनि केही बताएको छैन ।

तीन जनालाई पक्राउ नियन्त्रणमा लिएको उपत्यका प्रहरी परिसर रानीपोखरीका प्रवक्ता एसएसपी श्याम ज्ञवालीले भने ‘हामीले तीन जनालाई नियन्त्रणमा लिएका छौं अनुसन्धान भइरहेको छ ।

’ प्रहरीले यसअघि पनि चिनियाँ र फ्रेन्च ह्याकरको समूहले झण्डै २ करोड रुपैयाँ विभिन्न बैंकबाट ह्याक गरी निकाल्दै गर्दा महानगरीय प्रहरी परिसरले पक्राउ गरेको थियो । जसमध्ये ५ चिनियाँ र एक फ्रेन्च नागरिकसहित ३ नेपाली पक्राउ परेका थिए । २ चिनियाँ भने अझै फरार छन् ।

सम्बन्धित खवर