दमक १ को क्लब स्तरीय फुटबल प्रतियोगिताको सेमीफाईनल समिकरण पूरा - Mangsebung News
  • शनिबार, साउन १२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

दमक १ को क्लब स्तरीय फुटबल प्रतियोगिताको सेमीफाईनल समिकरण पूरा

काकीराम लावती आन्छुमे नसान
दमक/असोज १ गते देखि दमक १ नंं. वडा फुटबल परिवारको आयोजनामा शुरु भएको दमक १ को पाँचौं फुटबल प्रतियोगिताको सेमीफाईनल समिकरण पूरा भएको छ ।

भाङबारी स्कुलको खेलमैदानमा जारी प्रतियोगितामा समूह ए को बिजेताको रुपमा फुटबल किङस र उप बिजेताको रुपमा म्याड डग यसैगरी समूह बी बाट बिजेताको रुपमा चम्किलो युथ र उपबिजेताको रुपमा ब्रदर युनैटेडले सेमिफाईनलमा स्थान पक्का गरेसंगै सेमिफाईनलको समिकरण पूरा भएको हो ।

सेमिफाइनलमा बुधबार फुटबल किङगस बिरुद्ध ब्रदर युनाईटेड आमुने सामुने हुने भएका छन् भने बिहिबार म्याड डग बिरुद्ध चम्किलो युथ भिड्दै छ ।


दमक १ भरिका ८ वटा क्लवहरुले सहभागिता जनाएको प्रतियोगिको खेल भने लिगचरनमा भएका छन् । सेमिफाईनलमा पुग्ने टिम पोईन्टस टेबलको आधारमा छनौट भएका हुन ।

फुटबल किङग्स, ब्रदर युनाईटेड, चम्किलो युथ, म्याग डग, डाईनामिक युथ, ब्लु समुराई, टीम फर्चुनेट र मकालु युनाईटेडले सहभागिता जनाएको प्रतियोगिताको फाईनल खेल भने असोज ११ गते सम्पन हुने आयोजकले बताएको छ ।

सम्बन्धित खवर