मुसाहाङ् बंशावलीको बार्षिक साधारण सभा सम्पन्न - Mangsebung News
  • शनिबार, साउन १२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

मुसाहाङ् बंशावलीको बार्षिक साधारण सभा सम्पन्न


डिल्लीश्वर मुसाहाङ्
असोज ८, दमक / मुसाहाङ् प्रतिष्ठानको १५औं बार्षिक साधारण सभा सम्पन्न भएको छ ।

दमक एस.जी होटलको सभाहलमा भएको मुसाहाङ् बंश उत्थान प्रतिष्ठानको १५औं केन्द्रीय बार्षिक साधारण सभा फियाक लिम्बू सयङ् सङ्जुम्भोका पूर्ब संस्थापक केन्द्रीय अध्यक्ष सेसेहाङ् फियाक लिम्बूको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।


सभाको बन्द सत्रले सांगठनिक तथा बार्षिक प्रतिबेदन सभाबाट पारित गर्दैै भावी बार्षिक आर्थिक रणनीति र प्रतिष्ठानद्वारा प्रकाशित मुसाहाङ् बंशजको मुखपत्र साथै पत्रिका मुसाहाङ् तेम्मेलुङ् पत्रिका र सिम्सारा थेइङ्ना स्मारिका प्रकाशनका लागि प्रधान सम्पादक – डिल्लीश्वर मुसाहाङ् अम्याङ्सा, मुसाहाङ् चो?लुङ् माङ्गेन्ना यक, अक्षय–कोष लगायतका निर्णयहरु समेत पारित गदै सभा सम्पन्न भएको छ ।

सभामा संयकहाङ् बंशालीका सदस्य इन्द्रकुमार तुम्सा संयकहाङ्, प्रतिष्ठानका केन्द्रीय सल्लाहकार रामकुमार मुसाहाङ्, प्रतिष्ठानका जिल्ला शाखा अध्यक्ष मंगले मुसाहाङ् लिम्बू लगायतले बोलेका थिए ।

प्रतिष्ठानका केन्द्रीय अध्यक्ष बिष्णुराज मुसाहाङ्को सभाध्यक्षमा सम्पन्न सभामा स्वागत मन्तब्य प्रतिष्ठानका केन्द्रीय सदस्य रत्न बहादुर मुसाहाङ्ले राखेका थिए भने महासचिब डिल्लीश्वर मुसाहाङ् अम्याङ्साले सञ्चालन गरेका थिए ।

सम्बन्धित खवर