काकीराम लावती “आन्छुमे नसान“
दमक / सामाजिक अभियान्ता तथा गायिका लिला सिंघकको आवाजमा “भेटभयो कुङबा जोगैलै“ बोलको पालम युट्युवमा सार्बजनिक भएको छ ।
अमेरिकामा रहेर पनि मौलि गीत संगीतलाई माया गरिरहेने गायिका लिला सिंघककै शब्द तथा संगितमा असोक लोहोरुङ को संगित संयोजन रहेको भिडियो फेदापहाङमा युट्युव च्यानल मार्फत सार्बजनिक भएको हो ।
सरु राई, लेलिन इजम लिम्बू, योगेश लिङदेन लिम्बू, ललिता तुम्खेवा लिम्बू र पुरण पङयागु लिम्बुको अभिनय रहेको भिडियोमा छायांकन तथा सम्पादन राम सोदेम्बा लिम्बुले गरेका छन् भने निर्देशन लिला स्वयमले गरेका हुन् ।
भिडियोमा ललिता तुम्खेवा लिम्बु र संगिता लिङदेनको सृगार रहेको छ भने पिके थक्लुङ र दिपक थेबेले निर्देशन सहयोगी भुमिका निर्बाह गरेका छन् ।