फाईनलमा चम्किलो युथले फुटबल किङग्सको सामना गर्दै - Mangsebung News
  • मङ्गलबार, जेठ ०१, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

फाईनलमा चम्किलो युथले फुटबल किङग्सको सामना गर्दै

काकीराम लावती “आन्छुमे नसान“

दमक/चम्किलो युथले दमक १ पाँचौं फुटबल प्रतियोगिताको फाईनलमा फुटबल किङग्ससंको भेट पक्का गरेको छ ।

बिहिबार भएको दोस्रो तथा अन्तिम सेमिफाईनलमा चम्किलो युथले म्याड डगलाई ३ १ गोल अन्तरले पराजित गरेपछि किङ्ग्स संगको भेट पक्का भएको हो ।

भाङबारी स्कुलको खेलमैदानमा जारी प्रतियोगितामा युथका लागि प्रबिन राईले पहिलो हाफमै डिबक्स नजिकैबाट प्रहार गरेको बलले जालि चुमेपछि अग्रता लिएका थिए ।

डगका खेलाडीले फल गरेपछि पाएको फ्रिकिलाई प्रबिन राईलेनै गोलमा परिनत गरेपछि युथले अग्रता दोब्बर बनाएका थिए ।

खेलको उत्तरार्दमा अनिस खड्का (ब्प्)ले थप १ गोल गर्दै युथलाई जीत नजिक पुर्याएका थिए । डगका लागि भने सान्तावना गोल रमेश केसी गरेपनि हार टार्न भने सकेन ।

दमक १ फुटबल परिवारको आयोजनामा दमक १ भरिका फुट्बल किङग्स, ब्रदर युनाईटेड, चम्किलो युथ, म्याग डग, डाईनामिक युथ, ब्लु समुराई, टीम फर्चुनेट र मकालु युनैटेड गरि ८ क्लवहरुले सहभागिता जनाएको प्रतियोगिको फाईनल खेल फुटबल किङग्स र चम्किलो युथ बिच हुने आयोजकले बताएका छन ।

सम्बन्धित खवर