आज सेप्टेम्बर २९ यानकी मुटु दिवस  - Mangsebung News
  • शनिबार, बैशाख ०८, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

आज सेप्टेम्बर २९ यानकी मुटु दिवस 


२०७६ असोज १२, काठमाडौं आज विश्व मुटु दिवस विभिन्न कार्यक्रमका साथ विश्वभर मनाईंदैछ ।

विश्व स्वास्थ्य संगठन र विश्व मुटु फेडेरेशनले सन् २००० सेप्टेम्बर महिनाको अन्तिम आईतवारलाई विश्व मुटु दिवसका रुपमा मनाउन थालेपनि सन् २०१२ देखि सेप्टेम्बर २९ लाई विश्व मुटु दिवसका रुपमा मनाउने गरिएको छ ।

विश्वमा हरेक वर्ष मुटु सम्बन्धि रोगका कारण १७ लाख भन्दा बढिको मृत्यु हुने तथ्यांक छ । नेपाल लगायत विकासोन्मुख देशहरुमा मुटुरोगीको संख्या दिन प्रतिदिन बढ्दै गएको छ । नेपालमा भने अहिले झण्डै २६ लाख मानिसमा कुनै न कुनै प्रकारको मुटु रोग पाइएको छ ।

चिकित्सकहरुका अनुसार धुमपान तथा मध्यपान सेवन नगर्ने, चिल्लो, पिरो बोसो, भुटेका तारेका खानेकुरा नखाने, सकभर मासु कम खाने, सागपात खाने र दैनिक शारिरीक व्यायम गर्ने हो भने मुटु रोगबाट बच्न सकिने बताएका छन् ।

सम्बन्धित खवर