नेकपाले इलाममा जनवर्गीय संगठनको प्रमुख तोक्यो - Mangsebung News
  • बिहिबार, बैशाख ११, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

नेकपाले इलाममा जनवर्गीय संगठनको प्रमुख तोक्यो


इलाम नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले एकतालाई तीव्रता दिँदै जनवर्गीय सङ्गठनको इञ्चार्ज तोकेको छ । पार्टी कार्यालयमा बसेको बैठकले नेकपाको १६ जनवर्गीय सङ्गठनमध्ये बुद्धिजीवी इञ्चार्जमा रामबहादुर राना तोकिएका छन् । महिला इञ्चार्जमा पार्टी जिल्ला सचिव सिन्धु राई चुनिएकी छिन् ।

उद्योग व्यवसायीमा भक्त केसी, पेशागतमा महेश बस्नेत, युवामा जितबहादुर राई, ट्रेड युनियनमा सर्कल बस्नेत, युवामा उमेश गुरुङ, कानूनमा गणेश बराल, विद्यार्थीमा नवराज शङ्कर, जनजातिमा धनकुमार राई, किसानमा टेकबहादुर राई, निर्माण व्यवसायीमा कुमार बराइली, मानव अधिकारमा देवेन्द्र विश्वकर्मा, दलितमा चित्रकला बराइली, जनसांस्कृतिकमा दीपकिशोर लिङ्देन, अपाङ्गमा सदन राईलाई इञ्चार्ज तोकेको छ ।

नेकपाले स्थानीय तहको प्रमुख र उपप्रमुखमा निर्वाचित भएपछि गरेको कामको विवरण पार्टीलाई बुझाउन निर्देशन दिदै गञ्जु प्रधानले दिएको राजीनामा स्वीकृत गरेको छ । प्रदेशसभा क्षेत्रीय समन्वय कमिटी क्षेत्र नं १ को ‘क’बाट प्रधानले राजीनामा दिएका थिए । सो पदमा हुकुम थामीलाई जिम्मेवारी दिने निर्णय पार्टीले गरेको छ ।

सम्बन्धित खवर