लिम्बु विद्यार्थी मञ्चको अध्यक्षमा लक्सम निर्वाचित - Mangsebung News
  • शनिबार, बैशाख ०८, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

लिम्बु विद्यार्थी मञ्चको अध्यक्षमा लक्सम निर्वाचित

दमक/लिम्बु विद्यार्थी मञ्चको ९ औं राष्ट्रिय महाधिवेशनबाट दिपा लक्सम अध्यक्षतामा निर्वाचित भएकी छन् ।

ताप्लेजुङको फुङलिङमा असोज १२ गते देखि जारी महाधिबेशनले लक्समको नेतृत्वमा २७ सदस्यीय कार्य समिति निर्र्वािचत गर्दै सम्पन्न भएको हो ।

महाधिवेशनबाट वरिष्ठ उपाध्यमा नितेश सिंघक, उपाध्यक्षहरूमा विक्रम शेर्मा, रामकुमार लिङदम, राजेश इवाहाङ, दमन्ता साँवा र मोहन मावो निर्वाचित भएका छन् ।

त्यस्तै गरि महासचिवमा गुल्सन आङबुहाङ, उपमहासचिवमा प्रदिप नयोङ र सागर सरगम चेम्जोङ सर्वसम्मत निर्वाचित भएका छन् । भने सचिवमा सेमि तुम्वापो, तारावीर मोरोहाङ, प्रविन सेलिङ, डिल्ली लुङफ्ङवा र कोषाध्यक्षमा मन कुमार योङहाङ रहेका छन् ।

त्यस्तै सदस्यहरूमा सितकुमार थेगिम, जुनु लिम्बु (सृष्टि), सन्तोषी लिङदेन, सोममाया लिम्बु, संजिव लिम्बु, स्मृती कन्दङवा, रेखा लावती, श्री लिङखिम, मेरिता लिम्बु, उपेन्द्र याक्सो, मनु लिम्बु र दिवस लावती सर्व सम्मत निर्र्वािचत भएका हुन् ।

नवनिर्र्वािचत अध्यक्ष दिपा लक्समलाई अध्यक्ष मण्डलका अध्यक्ष किरात याक्थुङ चुम्लुङका केन्द्रीय उपाध्यक्ष याम योङहाङले सपथ ग्रहण गराएका थिए भने । समितिका अन्य पदाधिकारी तथा सदस्यहरूलाइ निर्र्वािचत अध्यक्ष दिपा लक्समले सपथ ग्रहण गराएका थिए ।

प्रदेश न. १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र बहादुर आङबोको प्रमुख आतिथ्यमा भएको कार्यक्रम मञ्चका अध्यक्ष फिपराज बेघाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

सम्बन्धित खवर